लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

मोदीको चेतावनीकाबारेमा राष्ट्रपति कोविन्दलाई पत्र

सोमबार, ३१ बैशाख, २०७५ मा प्रकाशित,

नयाँदिल्ली, वैशाख ३१ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय राष्ट्रिय कंग्रेसलाई दिएको चेतावनीकाबारेमा भारतका पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहले राष्ट्रपति रामनाथ कोविन्दलाई पत्र लेखेका छन् ।

प्रधानमन्त्री मोदीले कर्नाटकको हुब्लीमा दिएको भाषणकाक्रममा बोलेको विषयलाई पूर्वप्रधानमन्त्री सिंहले खन्डन गरेका छन् ।

कर्नाटकमा भएको निर्वाचनकाक्रममा आफ्नो व्यक्तिगत र राजनीतिक स्वार्थका लागि प्रधानमन्त्री मोदीले शक्ति र अधिकारको दुरुपयोग गरेको सिंहको आरोप छ ।

गत मे महिनाको ६ तारिखमा हुब्लीमा भएको र्‍यालीपछि आयोजित कार्यक्रममा मोदीले ‘कंग्रेसका नेताहरुले कान खोलेर सुन्नोस्, म मोदी हुँ, तपाइँहरूले सीमा नाघेर अघि बढेमा त्यसको परिणाम भोग्नुपर्नेछ’–भनेका थिए ।

मोदीको भनाइलाई पूर्वप्रधानमन्त्री डा. सिंहले ‘शान्ति भाँड्ने दुराशयले आएको धम्की र त्रासपूर्ण अभिव्यक्ति’–भनेका छन् ।

‘न हाम्रो पार्टी, न हाम्रा कुनै नेता, कसैले पनि यस्तो तल्लोस्तरका धम्की दिने कुरालाई सहन सक्दैनन्’–सिंहले पत्रमा लेखेका छन् ।

उनले पत्रमा भनेका छन्–‘कसैकाविरुद्धमा चेतावनी दिने, धम्की दिने र त्रसित पार्ने अभिव्यक्ति दिँदा प्रधानमन्त्री मोदीले सावधानी अपनाउनुहोला ।’

राष्ट्रपतिलाई बुझाइएको पत्रमा पूर्वप्रधानमन्त्री सिंहबाहेक कंग्रेसका दुवै संसदीय दलका नेता र वरिष्ठ नेताहरू पी चितम्बरम्, अशोक गेलोट, अम्बीका सोनी, मुकुल वास्निक, मोतीलाल भोरा, कमलनाथ र अहमद पटेलले हस्ताक्षर गरेका छन् । रासस/एएनआइ

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework