लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

सिरियाको विषयलाई लिएर अमेरिकासँग युद्ध हुन सक्ने रुसको टिप्पणी

शुक्रबार, ३० चैत, २०७४ मा प्रकाशित,

मस्को, चैत ३० । रुसले सिरियाको अवस्थालाई लिएर अमेरिकासँग युद्ध हुनसक्ने चेतावनी दिएको छ ।

सिरियामा रसायनिक ग्यास आक्रमणको विषयमा दुई देशबीच कटूता बढ्दै गएका बेला दुबैतर्फबाट आक्रमण गर्ने चेतावनी आइरहेका छन् ।

पछिल्लो पटक संयुक्त राष्ट्रसंघका लागि रुसी राजदूत बेसिली नेभेन्जियाले अमेरिकाले सिरियामा आक्रमण गरेमा अमेरिका र रुसीबीच युद्धको वातावरण बन्ने बताएका हुन् । युद्धको सम्भावनालाई नकार्न नसकिने उनको भनाइ छ ।

उनले अमेरिका र उसका सहयोगी राष्ट्रले आफ्नो आक्रामक नीतिका कारण अन्तर्राष्ट्रिय शान्तिलाई खतरामा पारेको आरोप पनि लगाए । विद्यमान अवस्था निकै खतरनाक रहेको उनको भनाइ छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रो र ब्रिटेनका प्रधानमन्त्री टेरीजा मेसँग सम्पर्क गर्न सक्ने र विद्रोही नियन्त्रित सिरियाको क्षेत्रमा भएको रसायनिक आक्रमणको जवाफ कसरी दिने भन्नेमा छलफल गर्न सक्ने जनाइएको छ ।

ह्वाइट हाउसले अहिले नै सैन्य कारवाहीबारे कुनै निर्णय नगरे पनि सबै विकल्प खुला रहेको र कुनै पनि समय उचित निर्णय लिइने जनाएको छ ।

सिरियाको विद्रोही नियन्त्रित क्षेत्र डुमामा गरिएको रसायनिक आक्रमणमा थुप्रैं व्यक्ति मारिएपछि अवस्था तनावपूर्ण बनेको हो । आक्रमणमा सिरियाली सेनालाई सघाउँदै आएको रुसको हात रहेको आरोप अमेरिकाले लगाउँदै आएको छ भने रुसले आरोप अस्वीकार गरेको छ ।

यही तनावपूर्ण वातावरणमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रपले ट्विटरमार्फत रुसलाई उसको मित्रराष्ट्र सिरियामाथि भएको मिसाइल आक्रमण हेर्न तयार भए हुन्छ भन्ने सन्देश दिएका छन् ।

यता, बेलायतले भने संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को बैठक तत्काल बोलाउन माग गरेको छ । गत महिना रुसका पूर्व गुप्तचर र उनकी छोरीमाथि भएको रसायनिक आक्रमण फेरि नहोस् भन्ने व्यवस्थाका लागि बैठक बोलाउन माग गरिएको हो ।

विश्वभर भइरहेको रसायनिक आक्रमणको बारेमा छलफल गर्न अत्यावश्यक भएको बेलायती अधिकारीहरुको जनाएका छन् । (एजेन्सी)

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework