लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

दोसाँधमा देवकोटाः भक्कानिन्छन् नयाँ जीवन पाएकाहरु (भिडियो)

बुधबार, २६ बैशाख, २०७५ मा प्रकाशित,

प्रज्ञा तिमल्सिना/राजेन्द्र नापित/भरत केसी (इमेज): काठमाडौं, वैशाख २६ । आफैं जीवन–मरणको संघर्षमा रहेका न्यूरोरोग विशेषज्ञ डा. उपेन्द्र देवकोटालाई भेट्न चाहनेहरुको अस्पतालमा भीड लाग्ने गरेको छ ।

उपचारकाक्रममा हजारौंसँग जोडिएका डा. देवकोटालाई भेट्न आउनेहरु अधिकांश उनको विशेषज्ञ क्षमताबाट नयाँ जीवन पाएकाहरु छन् ।

कालिकोटकी ४४ वर्षीया मालती शाहीको टाउकोको ट्युमरको शल्यक्रिया डा. उपेन्द्र देवकोटाले ८ पटकसम्म गरेका थिए ।

सन् २००२ मा ४५ दिनकी छोरी छाडेर मालती उपचारका लागि डा. देवकोटाकहाँ पुगिन् । उनलाई बाँच्ने आशा पलायो र डा. देवकोटाको उपचारबाट उनको रोग निको पनि भयो ।

तर, आज तिनै डाक्टरलाई जीवन–मरणको दोसाँधमा देख्दा मालतीले आफूलाई सम्हाल्न सकिनन् ।

मालतीका श्रीमान् नन्दबहादुर सिंह पनि डा. देवकोटालाई भेटेर आएपछि निकै भक्कानिए ।

आफ्नी श्रीमतीलाई बचाउने डा. देवकोटा आफैं यस्तो अवस्थामा हुँदा नन्दबहादरले डा. देवकोटाको स्वास्थ्यलाभको कामनासमेत गरे ।

डा. देवकोटाबाट उपचार गराएर निको भएका बिरामीसँगै परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली पनि बुधबार डा. देवकोटालाई भेट्न अस्पताल पुगेका थिए । उनले पनि डा. देवकोटाको स्वास्थ्यलाभको कामना गरे ।

३७ वर्ष लामो समय चिकित्सा पेसामा बिताइसकेका डा. देवकोटाले हालसम्म ३४ हजार व्यक्तिको शल्यक्रिया गरिसकेका छन् भने ७ लाख ५० हजारभन्दा बढी बिरामीको उपचार गरेका छन् ।

स्वास्थ्यमा असहजता भएपछि डा. देवकोटा २०७४ साल मंसिर ५ गते उपचार गराउन बेलायत गएका थिए । बेलायतको किंग्स कलेज हस्पिटलमा ६ महिना उपचार गरेर नेपाल फर्किए ।

गत माघ ११ गतेदेखि किमोथेरापी दिन सुरु गरिएका देवकाटालाई तीनपटकसम्म किमो चढाइएको जनाइएको छ ।

तर, स्वास्थ्यमा अपेक्षाअनुसारको सुधार हुन नसकेपछि उनी नेपाल फर्केर न्यूरो अस्पतालमै उपचाररत् छन् ।

भिडियो हेर्नुहोस्

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework