लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

राजधानीमा अन्तर्राष्ट्रियस्तरको सूचना तथा सन्चार–प्रविधि सम्मेलन हुँदै

सोमबार, २८ जेष्ठ, २०७५ मा प्रकाशित,

काठमाडौं, जेठ २८ । कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघले यही असार ३ र ४ गते राजधानीमा दुईदिने अन्तर्राष्ट्रियस्तरको सूचना तथा सन्चार प्रविधि सम्मेलन आयोजना गर्ने भएको छ ।

क्यान महासंघले यसअघिका सत्रौं संस्करणसम्म ‘आइसीटी कन्फ्रेन्स’लाई ‘क्यान इन्फोटेक’को एउटा भागकारुपमा अघि बढाइरहेकामा यस वर्षदेखि विशेष प्राथमिकता साथ अन्तर्राष्ट्रिय विज्ञसमेतको उपस्थितिमा छुट्टै कार्यक्रमकारुपमा आयोजना गर्न लागेको जनाएको छ ।

महासंघले सोमबार राजधानीमा पत्रकार सम्मेलन गरी सम्मेलनकाबारे विस्तृत् जानकारी गराएको हो ।

आइसीटी कन्फ्रेन्समा नेपाल सरकारको पनि उच्चस्तरीय सहभागिता रहने जनाइएको छ ।

सम्मेलनमा चीन, भारत, मलेसिया, सिंगापुर, श्रीलंका, बंगलादेश र दक्षिण कोरिया तथा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी)का विषयगत विशेषज्ञहरुले पनि कार्यपत्र प्रस्तुत् गर्ने जनाइएको छ ।

साथै, सम्मेलनकाक्रममा सहरी विकास मन्त्रालयअन्तर्गत् ‘स्मार्टसिटी’को ‘मास्टर प्लान’ बनाउने कार्यलाई प्रवद्र्धन गर्ने उद्देश्यले सूचना–प्रविधिको क्षेत्रसँग सम्बन्धित योजना तर्जुमा गरी नेपाल सरकारलाई प्रतिवेदन हस्तान्तरण गर्ने कार्यक्रमसमेत रहेको महासंघले जनाएको छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework