लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

दूरसन्चार सेवा शुल्क बढाउने निर्णयप्रति ध्यानाकर्षण

शुक्रबार, १८ जेष्ठ, २०७५ मा प्रकाशित,

काठमाडौं, जेठ १८ । सरकारले आर्थिक वर्ष २०७५/७५ को बजेटमार्फत् दूरसन्चार सेवा शुल्क बढाउने निर्णय गरेकोप्रति कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) महासंघ र इन्टरनेट सेवा प्रदायक संघ (आइस्पान)ले ध्यानाकर्षण भएको जनाएका छन् ।

शुक्रबार राजधानीको रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरी क्यान र आइस्पानले इन्टरनेटमा बढाइएको दूरसन्चार सेवा शुल्क तुरुन्त फिर्ता लिन सरकारसँग आग्रह गरेका हुन् ।

सरकारको यो निर्णयले सरकारले नै घोषणा गरेको ‘ब्रोडब्यान्ड’ नीतिलाईसमेत असर पर्न जाने उनीहरुले जनाएका छन् ।

सरकारको यस्तो घोषणाले आमउपभोक्तालाई थप आर्थिक भार पर्न गइ इन्टरनेटको मूल्य महँगो हुन जाने हुँदा सर्वसाधारण ग्राहकहरु इन्टरनेटको पहुँचबाट टाढिने संघ र महासंघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

इन्टरनेटमा यसअघि नै ग्रामीण दूरसन्चार कोष शुल्क २ प्रतिशत, रोयल्टी ४ प्रतिशत, फाइबरमा भन्सार १५ प्रतिशत, ब्यान्डविथमा टीडीएस १० प्रतिशत र भ्याट १३ प्रतिशत गरी ४४ प्रतिशत कर सरकारले लिँदै आएको भन्दै अहिले थोपरिएको शुल्कसमेतले गर्दा इन्टरनेटमा ५७ प्रतिशत कर पुग्न जाने उल्लेख गरिएको छ ।

इन्टरनेट महँगो भए सर्वसाधारणको पहुँचमा नपुग्ने भन्दै क्यान र आइस्पानले सुशासनका लागि तथा सरकारले प्रदान गर्ने सेवा पारदर्शी, चुस्त र छिटो हुन पनि इन्टरनेट अनिवार्य हुने उल्लेख गरेका छन् ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework