लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

सगुनका प्रयोगकर्ता उत्साहजनक रुपमा बढे, भ्यालुएसन बढ्ने निश्चित

बिहीबार, १० जेष्ठ, २०७५ मा प्रकाशित,

काठमाडौं, जेठ १० । सामाजिक संजाल सगुन डटकमका प्रयोगकर्ताहरु बढ्दै गएका छन् । भारत, नेपाल लगायतको देशमा यसका प्रयोगकर्ताहरु एप सार्वजनिक भएसगै द्रुत गतिमा बढिरहेको सगुनले जनाएको छ ।

भारतमा मात्र यसका प्रयोगकर्ता १ मिलियन भन्दा बढी यस अघि नै पुगिसकेका छन । अमेरिकामा दर्ता भएको सगुनले ग्लोबल मार्केटमा मिनी आइपिओ मार्फत तेस्रो चरणको सेयर निष्काशन गरी लगानी भित्राइरहेको छ ।

लगानीको लागि अव केही दिन मात्र रहेकाले सेयरमा लगानी बन्द भएपछि हुने भ्यालुएसन धेरै गुणाले बढ्ने संकेत देखिएको हो ।

भ्यालुएसन बढेसगै प्रति सेयरको मुल्य समेत बढ्ने छ ।

सर्बसाधारणका लागि मिनी आइपिओ निस्कासन गरेको कम्पनीको मूल्यांङ्कन यसरी गुणात्मक रुपमा बढ्दै गएको हो ।

सगुन सन् २०१४ मा स्थापना हुँदा यसका युजर केही हजार मात्र थिए । त्यतिखेर यसको मूल्यांकन २० लाख डलर बराबर थियो ।

त्यसको २ बर्षपछि सन् २०१६ मा यसका प्रयोगकर्ता ६ लाख ३२ हजार पुगे । त्यतिखेर मूल्यांकनकर्ताले यसको कुल सम्पत्तिको मूल्यांकन १ करोड ५० लाख रुपैयाँ गरेका थिए ।

मिनी आइपिओ जारी गर्नुअघि भएको भ्यालुएसन ९ करोड ३० लाख अमेरिकी डलर भएको थियो । सगुन को सेयरमा लगानी गर्न आगामी जुनको दोस्रो हप्तासम्म बिश्वभरबाट लगानी गर्न सक्नेछन ।

त्यसपछि हुने भ्यालुएसनमा युजर र लगानीमा उलेख्य रुपमा बृद्धी भएको कारण भ्यालुएसन गुणात्मक रुपमा बृद्धि हुने निश्चित प्राय देखिन्छ ।

बिश्वभर आइटी कम्पनीहरुले राम्रो प्रगति गरिरहेका बेला नेपालीको आइडियामा स्थापना भएको सगुन इंकले लगानीको अबसर अझै केही हप्ता दिएको छ ।

आइटी कम्पनीहरुको प्रतिफल उत्साहजनक भएकाले समेत लगानीकर्ताहरु झुम्मिरहेका छन् ।

अझ पछिल्लो समय हिस्दुस्तान टाइम्सको सिङ्गापुर अपिसले समेत सगुनमा ५ मिलियन डलर लगानी गर्ने सम्झौता भएसगै सगुनमा लगानी गर्न बिश्वास अझै बढ्दै गएको छ ।

सगुनले कसरी कमाउला भन्ने जिज्ञासा धेरैमा अझै छ । सगुनका संस्थापक गोविन्द गिरी मोनिटाइजेसन गर्ने सिस्टम विकास गरिरहेको बताउदै आएका छन ।

विश्वब्यापी रुपमा आम मानिसले औषतमा २ देखि ६ घन्टासम्म सामाजिक संजालमा विताउने गरेका बिभिन्न रिपोर्टहरुले देखाएको छ ।

यसले प्रयोगकर्ताको महत्वपूर्ण समय खेर गइरहेको छ । तर सगुनमा समय बिताएबापत प्रयोकर्तालाई नाफाको हिस्सा उपलब्ध गराउने महत्वकांक्षी योजना समेत ल्याएको बताएको छन ।

नेपाली मूलका सगुनका संस्थापक गिरीले दावी गरे अनुसार अघि बढे सगुनले हरेक प्रयोकर्ताले आफ्नो समय खर्च गरे बापत नाफाको ५ प्रतिशत पाउनेछन ।

आम्दानी प्रयोगकर्तालाई बाँड्ने सगुन पहिलो सोसियल नेटवर्क हुने दावी गिरीको छ ।

सगुनले यसै २०१८ सालको अन्त्य सम्ममा सोसिएल स्मार्ट कार्ड बजारमा ल्याउन सुरु गर्ने बताएको छ । वास्तवमा स्मार्ट कार्ड आएपछि मात्र सगुनले बिश्वमा छलाङ मार्ने बिश्वास लिइएको छ ।

सगुनले आम्दानी गर्ने बिभिन्न योजनाहरु बनाइसकेको छ । एउटा फेसबुकले गर्ने जस्तो ब्यानर एडभर्टाइजिङ हो ।

यसमा सगुनले आफ्नो एप्लिकेसन्सको स्टोरीसँग म्याच हुने खालको विज्ञापन राख्ने योजना बनाएको छ । अन्य धेरै योजनाहरु समय आएपछि मात्र सार्वजनिक गर्ने बताइएको छ ।

सगुनले अमेरिकाको जब्स एक्ट अनुसार मिनी आइपीओ निस्कासन गर्ने अनुमति पाएको थियो ।

मिनी आइपीओ भोलि राम्रो प्रगति गर्ने सम्भावना बोकेका कम्पनीलाई विकासको चरणमा आवश्यक पर्ने रकम जुटाउन सेयर निस्कासन गर्न दिइने अनुमति हो ।

यसमा थोरै आम्दानी भएका ब्यक्तिहरुले समेत लगानी गर्ने अवसर पाउँछन् ।

बिदेशी कम्पनीमा नेपाल भित्रबाट लगानी गर्ने कानुन बनिनसकेकोले बिदेशमा बस्ने बैक खाता भएका नेपालीहरुले भने लगानीको अवसर पाउनेछन ।

सगुनले प्रतिसेयर २३ डलरका दरले कम्तिमा १ हजार डलर लगानी गर्नु पर्छ । बढीमा बार्षिक आम्दानीको १० प्रतिशत सम्म लगानी गर्न सक्ने कानुनी ब्यवस्था रहेको छ ।

लगानी विदेशमा बस्ने बैक खाता भएका हरेक ब्यक्तिले जुनको दोस्रो हप्ता भित्रमा सेयर किन्न सगुन डटकम/इन्भेस्टमा गएर अनलाइनमार्फत आवेदन गरी क्रेडिट र डेविट कार्डबाट वा बैकबाट वायर ट्रान्सफर गरी लगानी गर्न सक्ने कम्पनीले जनाएको छ ।

 

 

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework