लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

मैत्रिपूर्ण खेलमा बेल्जियम विजयी, सेनेगलसँग दक्षिण कोरिया पराजित

मंगलबार, २९ जेष्ठ, २०७५ मा प्रकाशित,

काठमाडौं, जेठ २९ । विश्वकप फुटबलको तयारीमा रहेको बेल्जियमले कोष्टा रिकालाई ४-१ ले हराएको छ ।

काठमाडौं, जेठ २९ । विश्वकप फुटबलको तयारीमा रहेको बेल्जियमले कोष्टा रिकालाई ४-१ ले हराएको छ ।

गएराति खेलिएको अभ्यास खेलमा बेल्जियमलाई विजयी गराउन रोमेलु लुकाकुले दुई गोल गरे भने मिचि बात्सुई र ड्रायर मर्टेन्सले एक–एक गोल गरे ।

विश्वकप फुटबलको तयारीपूर्व खेलिएका मैत्रिपूर्ण खेलहरुमा बेल्जियमले निकै स्तरीय प्रदर्शन गरेको छ ।

विश्वकप फुटबलको समुह जी मा रहेको बेल्जियमले समूह चरणमा इङ्ल्यान्ड, पानामा र ट्युनिसियासँग खेल्नेछ ।

यस्तै समूह ई मा रहेको कोष्टा रिकाले समूह चरणमा ब्राजिल, स्विट्जरल्याण्ड र सर्वियासँग खेल्नेछ ।

विश्वकै अभ्यासका लागि गएराति भएको अर्को खेलमा सेनेगलले दक्षिण कोरियालाई २-० ले हराएको छ ।

विश्वकप फुटबलमा सेनेगल समुह एच मा कोलम्बिया, जापान र पोल्यान्डसँग रहेको छ भने दक्षिण कोरिया समुह एफ मा जर्मनी, मेक्सिको र स्विडेनसँग रहेको छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework