लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

ब्राजिलले अष्ट्रियालाई हरायो, ग्याब्रिएल जिसस, नेईमार र फिलिपले गरे गोल

सोमबार, २८ जेष्ठ, २०७५ मा प्रकाशित,

काठमाडौं, जेठ २८ । रुसमा हुन गइरहेको विश्वकप फुटबल अघिको अन्तिम अभ्यास खेलमा ब्राजिलले अष्ट्रियालाई हराएको छ ।

काठमाडौं, जेठ २८ । रुसमा हुन गइरहेको विश्वकप फुटबल अघिको अन्तिम अभ्यास खेलमा ब्राजिलले अष्ट्रियालाई हराएको छ ।

अष्ट्रियाको भिएनामा गएराति भएको खेलमा ब्राजिलले घरेलु टोलीलाई ३-० ले हराएको हो ।

खेलमा ब्राजिललाई विजयी गराउन ग्याब्रिएल जिसस, नेईमार र फिलिप कौटिन्होले एक एक गोल गरे ।

जितसँगै ब्राजिलले शानदार लयका साथ विश्वकप अघिका मैत्रिपूर्ण अभ्यास खेलहरु सकाएको छ ।

सन् २०१७ को जुन यता अपराजित रहेको ब्राजिलले लगातार १० खेलको अपराजित श्रृंखला कायम गरेको छ ।

सन् २०१६ मा टेटेले पशिक्षण समालेयता ब्राजिलले खेलेका २१ खेलमध्ये १६ वटामा गोल खाएको छैन ।

रुसमा यही बिहीवार सुरु हुने विश्वकप फुटबलमा ब्राजिल समुह ई मा कोष्टा रिका, सर्विया र स्विट्जरल्यान्डसँगै रहेको छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework