लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

रफाईल नदालले एघारौं पटक फ्रेन्च ओपन टेनिसको उपाधि जिते

सोमबार, २८ जेष्ठ, २०७५ मा प्रकाशित,

काठमाडौं, जेठ २८ । स्पेनिस टेनिस खेलाडी रफाईल नदालले कीर्तिमानी एघारौं पटक फ्रेन्च ओपन टेनिसको उपाधि जितेका छन् ।

काठमाडौं, जेठ २८ । स्पेनिस टेनिस खेलाडी रफाईल नदालले कीर्तिमानी एघारौं पटक फ्रेन्च ओपन टेनिसको उपाधि जितेका छन् ।

क्ले कोर्ट किङको उपनाम पाएका नदालले फ्रान्सको पेरिसस्थित रोलाँ ग्यारोमा गएराति भएको फाइनलमा अष्ट्रियाका डोमिनिक थियामलाई पाखा लगाउँदै करियरमा १७ औं ग्राण्ड स्लाम टेनिसको उपाधि जितेका छन् ।

नदाल अब सर्वकालिन महान खेलाडी रोजर फेडेररको २० ग्राण्ड स्लाम उपाधिभन्दा ३ उपाधि मात्रै टाढा छन् ।

फाइनलमा शीर्ष वरियताका नाडालले चौथो वरियताका अस्ट्रियन थियामलाई ६–४, ६–३ र ६–२ को सेटमा हराए । यो जितसँगै नदाल एउटै ग्रान्डस्लाममा ११ उपाधि जित्ने पहिलो पुरुष खेलाडी बनेका छन् ।

महिलातर्फ भने मार्गेरेट कोर्टले ११ पटक अस्ट्रेलियन ओपनको उपाधि जितेकी छन् । नाडालले सन् २००५ देखि पेरिसमा आफ्नो प्रभुत्व जमाउँदै आएका छन् ।

उनले सन् २००९ र २०१६ बाहेक २००५ देखि २०१८ सम्मका सबै ११ उपाधि जितेका हुन् ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework