लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

विश्वकप अघिको मैत्रीपूर्ण खेलमा जर्मनी, स्वीट्जरल्यान्ड, इरान र क्रोएसिया विजयी

शनिबार, २६ जेष्ठ, २०७५ मा प्रकाशित,

काठमाडौं, जेठ २६ । विश्वकप अघिको मैत्रीपूर्ण खेलमा जर्मनी, स्वीट्जरल्याण्ड, इरान र क्रोएसिया विजयी भएका छन् ।

काठमाडौं, जेठ २६ । विश्वकप अघिको मैत्रीपूर्ण खेलमा जर्मनी, स्वीट्जरल्याण्ड, इरान र क्रोएसिया विजयी भएका छन् ।

लिभरकसेलको बे एरिनामा गएराति भएको खेलमा जर्मनीले साउदी अरबलाई २–१ गोलले हराएको छ । खेलको आठौं मिनेटमै युवा स्ट्राइकर टिमो वेर्नरले गोल गरेपछि जर्मनीले अग्रता लिएको थियो ।

४३ औं मिनेटमा साउदी अरबका ओमार हासावीले आत्मघाती गोल गरेपछि जर्मनीले पहिलो हाफमा २–० को अग्रता लिएको थियो ।

खेलको निर्धारित समय सकिनु ६ मिनेटअघि ताइसिर अल जासीमले साउदी अरबका लागि सान्त्वना गोल फर्काए ।

गएराति नै भएको अर्को मैत्रीपूर्ण खेलमा स्वीट्जरल्यान्डले एसियाली मुलुक जापानको टोलीलाई २–० ले हरायो ।

स्वीट्जरल्यान्डको जितमा रिकार्डो रोड्रिगुइजले पेनाल्टीमार्फत एक गोल गरे भने ह्यारिस सेफरोभिकले अर्को गोल गर्दै टोलीलाई २–० को जित दिलाए ।

गएराति नै भएका अन्य मैत्रीपूर्ण खेलमा इरानले लिथुवानियालाई १–० ले हराएको छ भने क्रोएसियाले सेनेगललाई २–१ ले पराजित गरेको छ । त्यस्तै पोल्याण्ड र चिलीले २–२ गोलको बराबरी खेलेका छन् ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework