लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

पर्शुरामले गरे राष्ट्रिय खेलकुदमा ह्याट्रिक

शनिबार, ९ पुष, २०७३ मा प्रकाशित,

काठमाडौं, पुस ९ । सशस्त्र प्रहरीका पर्शुराम बास्तोलाले पूर्वाञ्चलमा जारी सातौं राष्ट्रिय खेलकुदमा स्वर्णपदक प्राप्त गर्दै राष्ट्रिय खेलकुदमा ह्याट्रिक गर्न सफल भएका छन् ।

शनिबार विराटनगरस्थित सहिद रंगशालामा भएको कराँते प्रतियोगिताअन्तर्गत् पुरुष एकल कातामा बास्तोलाले नेपाली सेनाका डम्बरबहादुर आलेमगरलाई पराजित गर्दै स्वर्णपदक जितेका हुन् ।

उनले काठमाडांैमा भएको पाँचांै र धनगढीमा भएको छैटौं राष्ट्रिय खेलकुदमासमेत स्वर्णपदक जितेका थिए ।

प्रतियोगितामा सुदूरपश्चिमका ललित खत्री र मध्यमाञ्चलका सुमन पुलामी मगरले कास्यपदक प्राप्त गरे ।

यस्तै, महिलातर्फको एकल कातामा नेपाल प्रहरीकी निर्मला तामाङले मध्यमाञ्चलकी अप्सरा मोक्तानलाई हराउँदै स्वर्णपदक जितिन् ।

सशस्त्रकी सरिता श्रेष्ठ र सुदूरपश्चिमकी वर्षा साउदले कास्यमा चित्त बुझाए ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework