लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

‘नेपाली म्याराडोना’को नामले परिचित फुटबल ‘लिजेन्ड’ मणि शाहको निधन

सोमबार, ३१ बैशाख, २०७५ मा प्रकाशित,

काठमाडौं, वैशाख ३१ । नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान, पूर्वखेलाडी मणिविक्रम शाहको निधन भएको छ ।

कलेजोमा समस्या देखिएपछि आइतबार साँझ काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका ५० वर्षीय शाहको सोमबार साँझ ५ बजेर ४२ मिनेटमा उपचारकैक्रममा निधन भएको हो ।

निधनको पुष्टि गर्दैै अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पाले शाहको पार्थिव शरीरलाई मंगलबार बिहान १० बजेदेखि दुई घन्टा दशरथ रंगशालामा अन्तिम श्रद्धाञ्जलिका लागि राखिने र त्यसपछि शवयात्रा गरी आर्यघाट लगिने बताए ।

सन् १९८५ मा १७ वर्षको उमेरमै दोस्रो दक्षिण एसियाली खेलकुदमा पहिलोपल्ट राष्ट्रिय टोलीमा समावेश भएपछि शाहले झन्डै एक दशक नेपाली फुटबलमा दरिलो उपस्थिति जनाएका थिए ।

सन् १९९३ मा बंगलादेशको ढाकामा भएको छैटौं दक्षिण एसियाली खेलकुदमा नेपालले स्वर्णपदक जित्दा उनी टिमको महत्वपूर्ण सदस्य रहेका थिए ।

उनलाई ‘नेपाली म्याराडोना’को नामले पनि चिनिन्छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework