लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

पुलिसलाई पराजित गर्दै सशस्त्र प्रधानमन्त्री कप क्रिकेटको फाइनलमा

शनिबार, २६ जेष्ठ, २०७५ मा प्रकाशित,

काठमाडौं, जेठ २६ । विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिस क्लबलाई पराजित गर्दै सशस्त्र प्रहरीको एपीएफ क्लब राजधानीमा जारी प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

शनिबार भएको प्रतियोगिताको दोस्रो सेमिफाइनल खेलमा पुलिसलाई ९ रनले पराजित गर्दै सशस्त्र फाइनलमा पुगेको हो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको सशस्त्रले ४८.५ ओभरमा अलआउट हुँदै २०८ रन बनाएको थियो ।

सशस्त्रका लागि अनिलकुमार साहले सर्वाधिक ४५ रनको योगदान गर्दा पृथु बास्कोटाले ४० रन जोडे ।

बलिङतर्फ पुलिसका दीपेन्द्रसिंह ऐरीले ३ विकेट लिए ।

वर्षाले खेल प्रभावित भएपछि २८ ओभरमा झारिएको खेलमा ‘डकवर्थ लेविस’ नियमअनुसार पुलिसले १४१ रनको नयाँ लक्ष्य पायो ।

तर, पुलिसले निर्धारित् ओभरमा ९ विकेट गुमाउँदै १३१ रनमात्र बनाउन सकेपछि ९ रनले खेल जित्दै सशस्त्रले त्रिभुवन आर्मी क्लबसँगको उपाधि भिडन्त पक्का गरेको हो ।

यसअघि, शुक्रबार भएको पहिलो सेमिफाइनलमा प्रदेश नम्बर–५ लाई हराउँदै आर्मी फाइनलमा पुगिसकेको छ । फाइनल खेल आइतबार हुनेछ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework