लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

आर्मी प्रधानमन्त्री कप क्रिकेटको फाइनलमा, सागरको शतक

शुक्रबार, २५ जेष्ठ, २०७५ मा प्रकाशित,

काठमाडौं, जेठ २५ । त्रिभुवन आर्मी क्लब राजधानीमा जारी प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ ।

शुक्रबार भएको सेमिफाइनल खेलमा प्रदेश नम्बर–५ माथि शानदार जित हासिल गर्दै आर्मी फाइनलमा पुगेको हो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा आर्मी १५४ रनले विजय भयो ।

पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित् ५० ओभरमा ८ विकेटको क्षतिमा २८९ रन बनाएको थियो ।

सागर पुनले ११८ तथा भीम सार्कीले ७७ रन बनाए ।

बलिङतर्फ प्रदेश–५ का कृष्ण कार्कीले ३ तथा विक्रम भुसालले २ विकेट लिए ।

जवाफमा प्रदेश–५ ले ३५ ओभर ५ बलमा अलआउट हुँदै १३५ रनमात्र बनाउन सक्यो ।

कृष्ण कार्कीले सर्वाधिक ३१ रन बनाएको इनिङ्सलाई ध्वस्त पार्नेक्रममा आर्मीका सुशन भारी र विक्रम सोबले समान ३/३ विकेट लिए ।

सागर पुन खेलको ‘म्यान अफ दी म्याच’ घोषित भए ।

अब आर्मीले उपाधिका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीबीचको दोस्रो सेमिफाइनलको विजेतासँग आइतबार खेल्नेछ । दोस्रो सेमिफाइनल शनिबार हुँदैछ ।

सातओटा प्रदेश र तीन विभागीय गरी १० टोलीबीच पहिलोपटक यो संरचनाको प्रतियोगिता भएको हो ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework