लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

‘प्रविधिमैत्री समाज आजको आवश्यकता’

बिहीबार, ३ जेष्ठ, २०७५ मा प्रकाशित,

काठमाडौं, जेठ ३ । सन्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रविधिसँग हातेमालो गरी अगाडि बढ्नु अहिलेको आवश्यकता रहेको बताएका छन् ।

नयाँ प्रविधिलाई आवश्यकता र क्षमताअनुसार समायोजन गरेर अगाडि बढाउनुपर्ने उनको भनाइ छ ।

४९औं विश्व दूरसन्चार दिवसको अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा राज्यमन्त्री बाँस्कोटाले ‘प्रविधिमैत्री समाज आजको आवश्यकता हो’–भने ।

सन्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले सूचना–प्रविधि ऐन निर्माणको काम अन्तिम चरणमा पुगेको जानकारी जानकारी दिए ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य मीनबहादुर शाहीले नवीन प्रविधिको सदुपयोगले सामाजिक र आर्थिक परिवर्तन ल्याउने उल्लेख गरे ।

कार्यक्रममा प्राविधिकज्ञहरुले कृत्रिम बौद्धिकताका साथै त्यसको क्षमता र जोखिमकाबारेमा आफ्ना धारणा राखेका थिए ।

विश्व दूरसन्चार दिवस सन् १९६९ देखि वार्षिकरुपमा मे १७ मा मनाउने गरिएको छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework