लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

ट्रम्प–किम वार्ताका लागि व्यवस्थापन खर्च सिंगापुरले व्यहोर्ने

सोमबार, २८ जेष्ठ, २०७५ मा प्रकाशित,

सिंगापुर, जेठ २८ । विश्वको ध्यान यतिबेला सिंगापुरतर्फ केन्द्रीत भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ उनबीच सिंगापुरमा हुन लागेको शिखर वार्ताले विश्वको ध्यान केन्द्रीत गरेको छ ।

सिंगापुर, जेठ २८ । विश्वको ध्यान यतिबेला सिंगापुरतर्फ केन्द्रीत भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ उनबीच सिंगापुरमा हुन लागेको शिखर वार्ताले विश्वको ध्यान केन्द्रीत गरेको छ ।

सिंगापुरमा शिखर वार्ताका लागि सुविधासम्पन्न होटल चुनिएको छ । अमेरिका र उत्तर कोरियाका नेताहरु वार्ताका लागि सिंगापुर पुगिसकेका छन् । उनीहरु पाँचतारे होटलमा बसेका छन् ।

केही अघि उत्तर कोरियाले अन्तर्राष्ट्रिय आर्थिक नाकाबन्दीका कारण सिंगापुरमा लाग्ने खर्च आफूले व्यहोर्न नसक्ने बताएका थियो । शिखर वार्ताको खर्च कसले र कसरी व्यहोर्ने भन्ने विषय प्रष्ट नहुँदै सिंगापुरले वार्ता व्यवस्थापनका लागि लाग्ने सबै खर्च व्यहोर्न आफू तयार रहेको बताएको छ ।

सिंगापुरका प्रधानमन्त्री ली शियेन लुङ्गले ट्रम्प–किम वार्तामा करिब २० मिलियन सिंगापुर डलर खर्च हुने जानकारी दिदैं सो खर्च आफ्नो मुलुकले व्यहोर्ने बताएका छन् ।

उक्त रकमको करिब ५० प्रतिशत हिस्सा सुरक्षा क्षेत्रमा खर्च हुने जनाइएको छ । अन्तर्राष्ट्रिय पहलको दृष्टिले यो खर्च स्वाभाविक भएको र यसले सिंगापुरको समेत हित गर्ने त्यहाँका प्रधानमन्त्री लुङ्गको भनाइ छ ।

उत्तर कोरियाली नेता किमसँगले सिंगापुरका प्रधानमन्त्री लुङ्गसँगको भेटपछि भने, ‘यदि शिखर वार्ता कुनै निष्कर्षमा पुग्यो र कुनै सम्झौता भयो भने सिंगापुरलाई यसका लागि इतिहासले सम्झने छ ।’ (एजेन्सी)

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework