लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

ट्र्याक्टर पल्टिँदा एक जनाको मृत्यु

सोमबार, २८ जेष्ठ, २०७५ मा प्रकाशित,

राजविराज, जेठ २८ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको सुरुङ्गा नगरपालिका–६ स्थित पुलमा ट्र्याक्टर ठोक्किँदा आज बिहान एक जनाको मृत्यु भएको छ ।

राजविराज, जेठ २८ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको सुरुङ्गा नगरपालिका–६ स्थित पुलमा ट्र्याक्टर ठोक्किँदा आज बिहान एक जनाको मृत्यु भएको छ ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको स१त ५४५६ नम्बरको ट्र्याक्टर आफैँ अनियन्त्रित भई पुलमा ठोक्किँदा ट्र्याक्टरमा सवार खडक नगरपालिका–४ का १६ वर्षीय किरणकुमार रामको मृत्यु भएको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताए ।

दुर्घटनामा परी गम्भीर घाइते भएका रामको उपचारका क्रममा लहानस्थित सप्तऋषि अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै दुर्घटनामा परी सोही ट्र्याक्टरमा सवार खडक नगरपालिका–३ का ३५ वर्षीय सञ्जयकुमार चौधरी पनि घाइते भएको र उनको लहानस्थित सप्तऋषि अस्पतालमा उपचार भइरहेको छ ।

ट्र्याक्टर र चालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । (रासस)

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework