लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

शंकर पोखरेल प्रदेश–५ को मुख्यमन्त्रीमा नियुक्त

बुधबार, २ फागुन, २०७४ मा प्रकाशित,

केशव भण्डारी (इमेज) बुटवल, फागुन २ । प्रदेश नम्बर–५ को मुख्यमन्त्रीमा नेकपा एमाले प्रदेश–५ का संसदीय दलका नेता शंकर पोखरेल नियुक्त भएका छन् ।

केशव भण्डारी (इमेज)
बुटवल, फागुन २ । प्रदेश नम्बर–५ को मुख्यमन्त्रीमा नेकपा एमाले प्रदेश–५ का संसदीय दलका नेता शंकर पोखरेल नियुक्त भएका छन् ।

निर्वाचनअघि नै प्रदेश–५ को मुख्यमन्त्रीकोरुपमा चर्चा पाएका पोखरेलले गत माघ २८ गते दाबी पेस गरेका थिए ।

प्रदेश–५ का प्रदेशप्रमुख उमाकान्त झाले बुधबार उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

८७ सदस्यीय यो प्रदेशसभामा एमालेका ४१ र माओवादी केन्द्रका २० गरी ६१ सांसदको पोखरेललाई समर्थन रहेको छ ।

उनले बिहीबार (भोलि) शपथग्रहणलगत्तै प्रदेश सरकार गठनसमेत गर्ने जनाइएको छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework