लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

प्रदेश–२ को सभामुखमा राजपाका यादव निर्विरोध निर्वाचित

मंगलबार, १ फागुन, २०७४ मा प्रकाशित,

नवीन सिंह (इमेज): अपडेटः जनकपुर, फागुन १ । प्रदेश नम्बर–२ को सभामुख पदमा राजपा नेपालका प्रदेशसभा सदस्य सरोज यादवकोमात्रै उम्मेदवारी परेको छ ।

यादवकोमात्रै उम्मेदवारी परेसँगै उनी निर्विरोध निर्वाचित भएका छन् ।

संघीय समाजवादी फोरम नेपाल र राजपाबीच भएको सहमतिअनुसार सभामुख पद राजपाको भागमा परेको हो ।

सोही सहमतिअनुसार राजपाको तर्फबाट यादवले मंगलबार जनकपुरस्थित प्रदेशसभाको सचिवालयमा उम्मेदवारी दर्ता गराएका छन् ।

यादवको उम्मेदवारीको प्रस्तावकमा राजपाका संसदीय दलका नेता जितेन्द्रप्रसाद सोनल तथा समर्थकमा संघीय समाजवादी फोरमका संसदीय दलका नेता लालबाबु राउत छन् ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework