लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

‘राजपा सरकारमा जाने विषयमा संवाद जारी’

सोमबार, २८ जेष्ठ, २०७५ मा प्रकाशित,

काठमाडौं, जेठ २८ । राष्ट्रिय जनता पार्टी नेपालका महासचिव केशव झाले राजपा सरकारमा जाने विषयमा राजपा र सरकारबीच संवाद जारी रहेको बताएका छन् ।

सोमबार राजधानीमा आयोजित साक्षात्कारमा उनले संविधान संशोधनमा सरकारले सकारात्मक सन्देश दिएपनि राजपाका सांसद रेशम चौधरीलाई शपथ गराउने र कारागारबाट छुटाउने विषयमा कुनै प्रगति नभएकाले सरकारमा जाने निर्णय हुन बाँकी रहेको बताए ।

नेता झाले नेपालको संविधान जारी भएको तीन वर्षमा संघीयतालाई कार्यान्वयन गर्न धेरै संघीय कानुन बनाउन बाँकी रहेको बताउँदै ‘आगामी असोज ३ भित्र कानुन जसरी पनि बनाउनुपर्छ’–भने ।

अर्को प्रसंगमा उनले प्रदेश नम्बर–२ मा राजपा र संघीय समाजवादी फोरम नेपालको सरकार रहिरहने तथा त्यहाँको सरकारलाई राजपाको पूर्णसमर्थन रहने बताए । रासस

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework