लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

संघीय गणतन्त्रका लागि प्रधानमन्त्री ओली नै सबैभन्दा ठूलो खतरा : गगन थापा

सोमबार, २८ जेष्ठ, २०७५ मा प्रकाशित,

काठमाडौं, जेठ २८ । नेपाली कांग्रेसका नेता गगन थापाले संघीय गणतन्त्रका लागि प्रधानमन्त्री केपी शर्मा ओली नै सबैभन्दा ठूलो खतरा रहेको आरोप लगाएका छन् ।

नेपाल विद्यार्थी संघले सोमबार राजधानीमा गरेको अन्तरक्रिया कार्यक्रममा उनले ‘अहिलेको व्यवस्थालाई कहीँ–कतैबाट खतरा छ भने त्यो प्रधानमन्त्री ओलीबाटै’ रहेको जिकिर गरे ।

नागरिक बनेर बसेका पूर्वराजा ज्ञानेन्द्र शाहबारे टिप्पणी गर्नु आवश्यक नरहेको भन्दै थापाले ‘प्रधानमन्त्री ओलीलाई संघीयता नै मन नपरेकाले यसलाई जोगाउने दायित्व कांग्रेसको हो’–भने ।

कार्यक्रममा अर्का युवा नेता प्रदीप पौडेलले सत्तारुढ दलहरुले समृद्धिको नारा लगाएर चुनावमा बहुमत ल्याएपछि कुनै काम हुन नसकेको बताए ।

अब कांग्रेसलाई रुपान्तरण गरेर नयाँ ढंगले अगाडि बढ्नुपर्नेमा उनको जोड थियो ।

कार्यक्रममा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, अर्जुननरसिंह केसीलगायत सहभागी थिए ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework