लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

७९ वर्षीया वृद्धालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका युवा पुर्पक्षका लागि थुनामा

बुधबार, २ जेष्ठ, २०७५ मा प्रकाशित,

पर्वत, जेठ २ । अपांगता भएकी ७९ वर्षीया वृद्धा बलात्कारमा आरोपित युवा पुर्पक्षका लागि थुनामा परेका छन् ।

पर्वत, जेठ २ । अपांगता भएकी ७९ वर्षीया वृद्धा बलात्कारमा आरोपित युवा पुर्पक्षका लागि थुनामा परेका छन् ।

पर्वतको मोदी गाउँपालिका–१ का २० वर्षीय शंकर परियार पर्वत जिल्ला अदालतको आदेशमा मंगलबार थुनामा परेका हुन् । पर्वत जिल्ला अदालतका जिल्ला न्यायाधीश ध्रुवप्रसाद सापकोटाको इजलासले मंगलबार परियारलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो ।

मुलुकी ऐनको ११८ दफा २ बमोजिम उनलाई पर्वत जिल्ला कारागारमा थुनामा पठाइएको छ ।

परियारलाई वैशाख ६ गते मोदी गाउँपालिका–३ देउराली गाउँमा घरमा बसिरहेको अवस्थामा ७९ वर्षीया अपांग वृद्धालाई बलात्कार गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको थियो । अनुसन्धानपछि प्रहरीले जबर्जस्ती करणीअन्तर्गत पर्वत जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।

गत वैशाख ६ गते दिउँसो ४ बजेको समयमा रक्सी सेवन गरेका परियारले घरमा कोही नभएको समयमा वृद्धालाई बलात्कार गरेपछि पीडितले आफन्तलाई जानकारी दिएकी थिइन् ।

बलात्कार अभियोगमा पक्राउ परेका परियारले आफूले मदिराको नशामा रहेको समयमा बलात्कार गरेको प्रहरीसँग स्वीकार गरेका थिए । (रासस)

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework