लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

एमाले र माओवादी केन्द्रबीच अविश्वासको खाडल बढ्यो

मंगलबार, १ जेष्ठ, २०७५ मा प्रकाशित,

काठमाडौं, जेठ १ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको सम्बन्ध पछिल्लो समय चिसिएको छ ।

काठमाडौं, जेठ १ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको सम्बन्ध पछिल्लो समय चिसिएको छ ।

गत असोज १७ गते पार्टी एकता गर्ने गरी चुनावी तालमेल गरेका दुई पार्टीबीच सात महिनासम्म एकता त भएको छैन नै, सम्बन्धसमेत चिसिँदो अवस्थामा छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीप्रति माओवादी सशंकित भएको छ । स्रोतका अनुसार प्रधानमन्त्रीको पेल्ने प्रवृत्तिबाट माओवादी अध्यक्ष दाहाल तर्सिएका छन् ।

दुई पार्टीबीच अविश्वास बढ्नुमा प्रधानमन्त्रीको कार्यशैली नै कारक रहेको माओवादी नेताहरु बताउँछन् ।

यहीबीचमा भएको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणपछि दाहाल थप असन्तुष्ट रहेको स्रोत बताउँछ । ओलीले मोदीलाई नागरिक अभिनन्दनका क्रममा चाकडी गरेको र भारतसँग लम्पसार परेको माओवादीको ठहर छ । –कारोबार दैनिकबाट

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework