लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

तीन दलको समानुपातिक सूचीमा कानूनअनुसार समावेशी समूह मिलेन

मंगलबार, १ फागुन, २०७४ मा प्रकाशित,

काठमाडौं, फागुन १ । समानुपातिकबाट विजयी हुने उम्मेदवारको नाम प्रस्तावित गरेका ५ राजनीतिक दलमध्ये निर्वाचन आयोगले ३ दललाई कानुनअनुसार समावेशी समूह र क्रमआबद्धता नमिलेको भन्दै सच्याएर नाम दिन पत्राचार गरेको छ ।

आयोगले नेपाली कांग्रेस, माओवादी केन्द्र र राष्ट्रिय जनता पार्टीलाई कानुनी व्यवस्थाअनुसार सूची मिलाएर पठाउन भनेको हो । एमाले र संघीय समाजवादी फोरमले बुझाएको सूचीलाई भने आयोगले स्वीकार गरेको छ ।

निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौडेलले नाम नमिलाएका दललाई सच्याउन दुई दिन समय दिइएको बताए । ती दलले फागुन २ गते कार्यालय समयभित्र सूची सच्याएर आयोगमा पठाइसक्नुपर्छ ।

आयोग स्रोतका अनुसार कांग्रेसले पिछिडिएको क्षेत्रबाट २ जना प्रतिनिधित्व रहनुपर्नेमा सो नगराइएकाले त्यसलाई सच्याएर पठाउन आयोगले भनेको छ ।

आयोगले माओवादी केन्द्रलाई सच्याउन तीनबुँदे पत्र लेखेको छ । पिछडिएको क्षेत्रबाट १ जनाको प्रतिनिधित्व गराउनुपर्ने, खसआर्यबाट ५ जना हुनुपर्नेमा ६ जनाको राखेकाले घटाउनुपर्ने, मधेसी समुदायबाट ३ जनाको नाम हुनुपर्नेमा २ जनामात्र राखेकाले त्यसमा थप्न भनेको छ ।

त्यस्तै, राजपाले क्रम मिचेर नाम पठाएको छ । माथिल्लो क्रममा रहेको व्यक्तिबाट आफू सांसद हुन इच्छुक नरहेको पत्र आयोगलाई पठाउन लगाएर त्योभन्दा मुनिको नाम पठाएकाले त्यसलाई आयोगले अस्वीकार गरेको छ । –कान्तिपुर दैनिकबाट

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework