लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

निकुञ्जमा अध्यक्ष दाहालको चासो, आफूअनुकूल हाकिम पठाउन ताकेता

आइतबार, ३० बैशाख, २०७५ मा प्रकाशित,


काठमाडौं, बैशाख ३० । निकुञ्जमध्ये आम्दानी र पर्यटक आगमन बढी हुने चितवन निकुञ्जको प्रमुख चयनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र उनका भाइ नारायण दाहालसम्मले चासो देखाएका छन् । नारायण पूर्वसभासद हुन् ।

चितवनमा वार्षिक दुई लाख हाराहारी पर्यटक भित्रिन्छन् भने करिब २५ करोड रुपैयाँ राजस्व जम्मा हुन्छ । आम्दानीको ५० प्रतिशत रकम सिधै मध्यवर्ती क्षेत्रको विकासमा खर्च हुन्छ ।

दाहाल निकुञ्ज रहेको चितवन–३ का प्रतिनिधिसभा सदस्यसमेत हुन् । दाहालले चितवनमा आफूअनुकूल हुने गरी वार्डेन (प्रमुख संरक्षण अधिकृत) पठाउन आफूनिकट वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतलाई ताकेता गरेको स्रोतको दाबी छ ।

मन्त्री बस्नेतले विगतमा गरिएका काजसरुवा फिर्ता गर्न सकिने तर्क गरे । ‘कतिपयलाई फिर्ता र कतिपयलाई राख्न सकिन्छ,’ बस्नेतले भने, ‘चितवनबारे ठ्याक्कै निर्णय भएको छैन ।’

माघ पहिलो साता निकुञ्ज प्रमुख बनाएर पठाइएका उपसचिव वेदकुमार ढकाललाई यसै साता चितवनबाट काठमाडौं फर्काइएको छ ।

ढकाललाई हटाउन चितवनका माओवादी नेता र मध्यवर्ती क्षेत्रका बासिन्दाले समेत आफ्ना सांसद एवं माओवादी अध्यक्ष दाहाललाई पटक–पटक ध्यानाकर्षण गराएका थिए । -कान्तिपुर दैनिकबाट

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework