लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

नेपाली सेनाले बनाइदियो मदरसा भवन

बिहीबार, ३ जेष्ठ, २०७५ मा प्रकाशित,

नागेन्द्रकुमार कर्ण (इमेज): महोत्तरी, जेठ ३ । महोत्तरीको मटिहानी नगरपालिका वडा नम्बर–१ सानो धिरापुरमा रहेको नुरिया गौसिया मदरसाको भवन नेपाली सेनाले निर्माण गरिदिएपछि विद्यार्थी तथा अभिभावक हर्षित भएका छन् ।

भवन अभावका कारण पठनपाठनमा समस्या भइरहेका बेला सेनाले भवन बनाइदिएको हो ।

परिकौलीस्थित नेपाली सेनाको गणले दुई लाख तथा जनश्रमदानबाट डेढ लाखसहित साढे तीन लाख रुपैयाँको लागतमा सो भवन निर्माण गरी हस्तान्तरण गरिएको हो ।

५० जनाभन्दा बढी बालबालिका अध्ययनरत् सो मदरसामा भवन अभावका कारणले पठनपाठन प्रभावित हुँदै आएको थियो ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework