लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

राष्ट्रकवि घिमिरेलाई उपचारका लागि नयाँदिल्ली लगियो

बुधबार, ९ जेष्ठ, २०७५ मा प्रकाशित,

काठमाडौं, जेठ ९ । केही समयदेखि बिरामी परेका राष्ट्रकवि माधवप्रसाद घिमिरको रोगको पहिचान हुन नसकेपछि उनलाई नयाँदिल्ली लगिएको छ ।

सानो आन्द्रामा समस्या देखिएपछि धापासीस्थित ग्रान्डी अस्पतालमा भर्ना गरिएका घिमिरेलाई बुधबार अपराह्नको उडानबाट दिल्ली लगिएको हो ।

सानो आन्द्रामा रगत बगिरहेको आशंका गरिएपनि रक्तश्राव भइरहेको स्थान पत्ता नलागेपछि थप उपचारका लागि भारतको नयाँदिल्लीस्थित मेदान्त अस्पतालमा लगिएको हो ।

ग्रान्डी अस्पतालका चिकित्सकहरु पनि राष्ट्रकवि घिमिरेसँगै दिल्ली गएका छन् ।

राष्ट्रकवि घिमिरेको उपचारको सम्पूर्ण खर्च नेपाल सरकारले व्यहोर्नेछ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework