लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

‘बाह्रखरीको बोटमुनि’लाई उत्तम शान्ति पुरस्कार

शनिबार, १२ जेष्ठ, २०७५ मा प्रकाशित,

काठमाडौं, जेठ १२ । यस वर्षको उत्तम शान्ति पुरस्कार पूर्वशिक्षामन्त्री तथा साहित्यकार दीनानाथ शर्माको निबन्धसंग्रह ‘बाह्रखरीको बोटमुनि’लाई प्रदान गरिएको छ ।

शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा शर्मालाई सो पुरस्कार प्रदान गरिएको हो ।

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती र उत्तम शान्ति पुरस्कार गुठीका ठाकुर पराजुलीले शर्मालाई नगद ५० हजार रुपैयाँ र ताम्रपत्रसहित सम्मानित गरे ।

शर्माको बाह्रखरीको बोटमुनिमा जीवन र जीवनयात्रालाई पूर्णरुपमा प्रस्तुत् गरिएको छ ।

साहित्यकार उत्तम कुँवर र शान्ति कुँवरको नाममा स्थापित उक्त पुरस्कार आख्यानयुक्त गद्य रचनालाई प्रदान गरिँदै आएको छ ।

कार्यक्रममा शर्माले आफ्ना प्रकाशित कृतिहरु उत्तम शान्ति गुठीलाई प्रदान गरेका थिए ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework