लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

जी सेभेनको बैठकमा आलोचना खेपेका ट्रम्प किमसँग वार्ता गर्न सिंगापुरतर्फ

आइतबार, २७ जेष्ठ, २०७५ मा प्रकाशित,

काठमाडौं, जेठ २७ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो देशमा आउने स्टील र अल्मुनियममा लगाइएको आयात करका विषयमा पुनर्विचार गरिने बताएका छन् ।

काठमाडौं, जेठ २७ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो देशमा आउने स्टील र अल्मुनियममा लगाइएको आयात करका विषयमा पुनर्विचार गरिने बताएका छन् ।

क्यानडाको क्यूबेकमा भएको औद्योगिक देशहरुको संगठन जी सेभेनको बैठकमा स्टील र अल्मुनियममा अमेरिकाले लगाएको आयात करप्रति अरु मुलुकले आपत्ति जनाएका थिए ।

उक्त कर फिर्ता गर्नुपर्ने जस्ता विषयमा सहमति नबनेपनि ट्रम्पले भने आफूले कर अन्त्य गर्ने प्रस्ताव राखेको जानकारी दिएका हुन ।

कर लगाएमा मित्र देशहरु असन्तुष्ट बनेको स्वीकार्दै ट्रम्पले अरु विषयमा भएका छलफल निकै फलदायी बनेको पनि जिकिर गरे ।

अमेरिकाले स्टीलमा २५ र अल्मुनियममा १० प्रतिशत आयात कर लगाएपछि क्यानडा, जापान, जर्मनीलगायतका देशले आपत्ति जनाएका छन् ।

यद्यपि, जी सेभेनका मुलुकका नेताले बैठकको अन्त्यमा साझा विषयमा भएका छलफल समेटेर प्रेस वक्तव्य निकालेका छन् ।

बैठक सकाएर ट्रम्प सिंगापुरतर्फ प्रस्थान गरेका छन् । जहाँ ट्रम्पले कोरियाली नेता किम जोङ उनसँग जुन १२ मा ऐतिहासिक वार्ता गर्दै छन् । -एजेन्सी

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework