लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

चीनले अति संवेदनशील तथ्यांक ह्याक गरेको अमेरिकी आरोप

शनिबार, २६ जेष्ठ, २०७५ मा प्रकाशित,

काठमाडौं, जेठ २६ । अमेरिकी संघीय जाँच ब्यूरो (एफबीआई)ले चीन सरकारले नौसेनाको ठेकेदारबाट अति संवेदनशील तथ्यांक ह्याक गरेको आरोप लगाएको छ ।

काठमाडौं, जेठ २६ । अमेरिकी संघीय जाँच ब्यूरो (एफबीआई)ले चीन सरकारले नौसेनाको ठेकेदारबाट अति संवेदनशील तथ्यांक ह्याक गरेको आरोप लगाएको छ ।

एफबीआईले आवाजको गतिमा उड्ने सुपरसोनिक मिसाईल परियोजनाको जहाजसम्बन्धी सूचना चोरी गरेको दाबी गरेको हो ।

गत जनवरी र फेब्रुअरीमा तथ्यांकमाथि आक्रमण भएको अमेरिकी सञ्चार संस्था सीबीएस न्युजले जनाएको छ ।

अमेरिकी सेनासँग सम्बन्धित ठेकेदार कम्पनीको तथ्यांक चोरी गरी अमेरिकी सेनाको पनडुब्बी र पानीमुनि प्रयोग गरिने हतियारको अनुसन्धान र विकासमा भएको अध्ययनको तथ्यांक संकलन गरेको आरोप लगाइएको छ ।

रोड आइल्याण्डको न्युपोर्टमा रहेको सैन्य क्याम्पको सुचना चोरी भएको अमेरिकी अधिकारीको दाबी छ ।

चीनले बनाएको सी ड्रयागन नाम दिइएको पनडुब्बिका लागी अध्ययन भइरहेको थियो ।(एजेन्सी)

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework