लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

‘फर्जी समाचार’ बारेको कानूनलाई समीक्षा गरिन्छः प्रधानमन्त्री महाथिर मोहमद

सोमबार, ३१ बैशाख, २०७५ मा प्रकाशित,

काठमाडौं, बैशाख ३१ । नवनिर्वाचित मलेशियाली प्रधानमन्त्री महाथिर मोहमदले अघिल्लो सरकारले ल्याएको विवादास्पद झूठा समाचार कानूनबारे समीक्षा गर्ने प्रतिवद्धता जनाएका छन् ।

काठमाडौं, बैशाख ३१ । नवनिर्वाचित मलेशियाली प्रधानमन्त्री महाथिर मोहमदले अघिल्लो सरकारले ल्याएको विवादास्पद झूठा समाचार कानूनबारे समीक्षा गर्ने प्रतिवद्धता जनाएका छन् ।

अप्रिलको शुरुतिर मलेशियाली पूर्व नेतृत्वले गलत सूचना फैलाउने अभिप्रायले दिइने समाचार अर्थात् ‘फर्जी खबर’ छाप्ने वा प्रशारण गर्ने व्यक्ति वा संस्थालाई भारी जरीवानासहित छ वर्षसम्मको सजायँ हुने कानून पास गरेको थियो ।

विपक्षी विचारलाई नियन्त्रण गर्ने उद्देश्यबाट अभिप्रेरित कानून भन्दै मानव अधिकारवादीहरुले आलोचना गरेका थिए ।

मलेसियामा ६१ वर्ष सत्ता चलाएकको पूर्व प्रधानमन्त्री नाजिव रजाकको ‘बारिसन नेशनल कोलिसन’ ले विपक्षीको आवाज नियन्त्रण गर्न उक्त कानून ल्याएको भन्दै विरोध भएको थियो ।

प्रधानमन्त्री महाथिरले ‘फर्जी समाचार’ कानूनलाई समीक्षा गरी प्रष्टरुपमा परिभाषित गरिने बताएका हुन् ।

प्रधानमन्त्री महाथिरले सही समाचारले सरकारलाई असहज गरेपनि आफूले प्रेसमाथि कुनै नियन्त्रण नगर्ने र पूर्ण प्रेस स्वतन्त्रताका लागि सहयोग गर्ने प्रतिवद्धता जनाएका हुन् । (एजेन्सी)

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework