लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुमाथि मुद्दा चलाउने तयारी

बुधबार, २ फागुन, २०७४ मा प्रकाशित,

काठमाडौं, फागुन २ । इजरायलको प्रहरीले प्रधानमन्त्री बेन्जामिन नेतन्याहूमाथि घूस लिएको, धोका दिएको र विश्वासघात गरेको आरोपमा मुद्दा चलाउने तयारी गरेको छ ।

प्रहरीले प्रधानमन्त्री नेतन्याहूमाथि मुद्दा चलाउन पर्याप्त प्रमाण रहेको जिकिर गरेको छ ।

तर प्रधानमन्त्री नेतन्याहूले भने प्रहरीले लगाएको आरोपको ठाडै अस्वीकार गरेका छन् ।  उनले आफू प्रधानमन्त्री मै रहने बताए ।

प्रधानमन्त्री नेतन्याहूमाथि इजरायलको पत्रिका ‘येडियत अहरोनोट’ पत्रिकाका मालिकलाई विपक्षीलाई दबाब दिने गरी समाचार प्रकाशन गर्न र आफ्नो सकारात्मक कुरा मात्र छाप्न दबाब दिएको बताइएको छ ।

प्रहरीले भने ‘येडियत अहरोनोट’ का सम्पादक आरनन मोजेफमाथि पनि मुद्दा चलाइनुपर्ने जनाएको छ ।

सन् २००९ मा इजरायलका प्रधानमन्त्री भएका नेतन्याहूमाथि बलिउड निर्माता आनर्नन मिलचनसँग एक लाख डलर उपहार लिएको आरोप पनि लागेको छ ।

जेरुसेलम पोस्टले मिलचनसँग महंगा मदिरा र सिगार समेत लिएको दाबी गरेको छ । प्रहरीले मिलचनमाथि पनि घुस दिएको आरोपमा मुद्दा चलाउनुपर्ने जनाएको छ ।(एजेन्सी)

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework