लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

तीन महिनाकी बालिका बलात्कार गर्नेलाई फाँसीको सजाय, २३ दिन मै सुनाइयो फैसला

आइतबार, ३० बैशाख, २०७५ मा प्रकाशित,

भोपाल, वैशाख ३० । भारतमा तीन वर्षीया एक बालिकालाई बलात्कार र हत्या गरेको आरोपमा एकजनालाई फाँसीको सजाय सुनाइएको छ ।

भोपाल, वैशाख ३० । भारतमा तीन वर्षीया एक बालिकालाई बलात्कार र हत्या गरेको आरोपमा एकजनालाई फाँसीको सजाय सुनाइएको छ ।

स्थानीय अदालतले मध्यप्रदेश राज्यको इन्दौरमा तीन महिना चार दिन उमेरकी एक बालिकाको अपहरणपछि बलात्कार र हत्या गरेको आरोपमा अजय गडकेलाई फाँसीको सजाय सुनाएको हो ।

बालबालिकामाथि हुने यौनदुर्व्यवहार नियन्त्रण गर्ने कानून (पोक्सो)मा केन्द्र सरकारले गरेको संशोधनपछि त्यस्तो अपराधमा मृत्युदण्डको सजाय सुनाइएको यो पहिलोपटक हो । केन्द्र सरकारले उक्त कानून संशोधन गर्दै १२ वर्षभन्दा कम उमेरका बालिका बलात्कार गर्नेलाई मृत्युदण्डको सजाय हुने व्यवस्था गरेको छ ।

इन्दौरको यो घटनामाथि अदालतमा सात दिनसम्म दैनिक सात घण्टा सुनुवाई भएको थियो । घटना भएको २१ औं दिन सुनुवाई पुरा भएपछि २३ औं दिनमा फैसला सुनाइएको हो ।

आमाबुवासँगै सुतिरहेकी बालिकालाई अभियुक्तले २० अप्रिलका दिन बिहानै ओछ्यानबाटै उठाएर लगेको र बलात्कारपछि हत्या गरेको प्रहरीले जनाएको छ ।

फाँसीको सजायविरुद्ध अभियुक्तले उच्च अदालतमा पुनरावेदन गर्न सक्ने जनाइएको छ । फैसला चित्त नबुझेमा सर्वोच्च अदालतसम्म जान सकिने र सर्वोच्च अदालतबाट पनि मृत्युदण्डको फैसला सदर भएमा अन्तिममा राष्ट्रपतिसमक्ष क्षमादानका लागि याचना गर्न सकिने प्रावधान रहेको अधिकारीहरुले जनाएका छन् ।

भारतमा बलात्कारको घटनाले निकै डरलाग्दो रुप धारण गरिरहेको अवस्थामा यस्ता घटनाका दोषीलाई राष्ट्रपतिबाट क्षमादानको सम्भावना भने ज्यादै न्यून रहने कानूनविद्हरु बताउँछन् । (एजेन्सी)

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework