लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

आधा किलो सुनसहित दुई भारतीय नागरिक पक्राउ

बुधबार, २ जेष्ठ, २०७५ मा प्रकाशित,

डिल्लीराज पन्त/ कञ्चनपुर, जेठ २ । कञ्चनपुरको गड्डाचौकीस्थित सीमा नाकाबाट आधा किलो सुनसहित दुई भारतीयलाई प्रहरीले पक्राउ गरेको छ ।

डिल्लीराज पन्त/
कञ्चनपुर, जेठ २ । कञ्चनपुरको गड्डाचौकीस्थित सीमा नाकाबाट आधा किलो सुनसहित दुई भारतीयलाई प्रहरीले पक्राउ गरेको छ ।

बुधबार बिहान भारतीय नम्बरको एउटा जिपबाट आधा किलो सुन भारततिर तस्करी गरिरहेको अवस्थामा दुई भारतीय नागरिक पक्राउ परेका हुन् । कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीले सो जिपबाट आधा किलो सुनसहित तस्करीमा संलग्न दुई भारतीय युवकलाई पक्राउ गरेको हो ।

कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीका प्रमुख मदन दाहालले विषेश सूचनाका आधारमा उनीहरुलाई भन्सारकै ब्यारेलमा पक्राउ गरिएको बताए । उनका अनुसार लेबल नलागेको आधा किलो सुनसहित भारतको हरियाणाका जितेन्द्र सैनिक र सुरेश कुमारलाई पक्राउ गरिएको छ । ‘आधा किलो सुन झोलाभित्र राखेका थिए,’ उनले भने, ‘यो सुन तस्करीकै हो ।’

बरामद सुनको बजार मूल्य २५ लाख रहेको प्रमुख भन्सार अधिकृत दाहालले बताए ।

वैशाख ३१ गते चार दिनका लागि सो गाडीको भन्सार सुविधा काटिएको छ । एक दिन म्याद नसकिदै उक्त सवारी साधन सुन लिएर फर्किएको भेटिएको हो ।

भन्सार अधिकृत दाहालले प्रारम्भिक अनुसन्धानकै क्रममा रहेकाले सुन कसको र कहाँबाट ल्याएको हो भन्ने बारेमा प्रष्ट हुन बाँकी रहेको बताए ।

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework