लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

यी हुन् रियल लाइफका ‘स्पाइडर म्यान’ जसले केही सेकेन्डमै चार तले घरमा चढेर बच्चाको उद्धार गरे

मंगलबार, १५ जेष्ठ, २०७५ मा प्रकाशित,

पेरिस, जेठ १५ । हलिउड चलचित्र ‘स्पाइडर म्यान’ को शृंखला धेरैले हेरेको हुनु पर्छ । सोही चलचित्रका नायकले ‘रिल लाइफ’ मा निर्वाह गरेकै भूमिकाको शैलीमा फ्रान्समा एक आप्रपासीले ‘रियल लाइफ’ मै स्पाइडर म्यानले जस्तै चार वर्षीय एक बालकको उद्धार गरेका छन् ।

पेरिस, जेठ १५ । हलिउड चलचित्र ‘स्पाइडर म्यान’ को शृंखला धेरैले हेरेको हुनु पर्छ । सोही चलचित्रका नायकले ‘रिल लाइफ’ मा निर्वाह गरेकै भूमिकाको शैलीमा फ्रान्समा एक आप्रपासीले ‘रियल लाइफ’ मै स्पाइडर म्यानले जस्तै चार वर्षीय एक बालकको उद्धार गरेका छन् ।

पश्चिम अफ्रिकी मुलुक मालीबाट फ्रान्स आएका एक प्रवासीले चमत्कारिक शैलीमा बालकको उद्धार गरेका हुन् । ममोउदोउ गास्सामा नाम गरेका ती प्रवासीले पेरिसको एक घरको चौथो तलाको बाहिरपट्टी झुन्डिएका बालकलाई उद्धार गरेका हुन् ।

उक्त घरको बाहिरि भागबाटै उनी चौथो तलासम्म पुगेका थिए । केही सेकेन्डमै उनी जमिनबाट चौथो तलामा पुगेर बालकलाई उद्धार गर्दा सयौं मानिस दर्शकका रुपमा उभिएका थिए ।

उनी उक्त भवनमा चढेको र बालकलाई उद्धार गरेको दृष्य सामाजिक सञ्जालमा भाइरल बनेको छ । उनलाई पेरिसमा ‘रियल लाइफ’ कै हिरोका रुपमा व्याख्या गरिदैंछ ।

सो घटनाको सर्वत्र चर्चा भएलगत्तै फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोँले २२ वर्षीय गास्सामासँग भेट गरेका छन् । राष्ट्रपति निवासमै बोलाएर उनले गास्सामासँग भेट गर्दै उनको साहसिक कार्यको प्रशंसा गरे ।

पेरिसका मेयर एन हिडाल्गोले पनि गास्सामाको कार्यको प्रशंसा गर्दै उनलाई ‘स्पाइडर म्यान’ को संज्ञा दिएका छन् ।

हिडाल्गोले ट्वीट गर्दै भनेका छन्, ‘मलाई गास्सामाले भनेअनुसार उनी केही महिनाअघि आफ्नो जीवनको सपना पुरा गर्न पेरिस आएका हुन् । मैले उनलाई उनको सपना पुरा गर्न हर प्रकारको सहयोग गर्न तयार रहेको बताएको छु ।’

समाचार एजेन्सीहरुका अनुसार गास्सामालाई फ्रान्सको नागरिकता दिने प्रक्रिया सुरु गरिएको छ ।

शनिबार साँझ पेरिसको एक सडकमा गास्सामा हिँडिरहेका थिए । यत्तिकैमा उनको ध्यान भिडतर्फ केन्द्रीत भयो । ले पारिसियन अखबारका अनुसार गास्सामाले भने, ‘एउटा बच्चाको ज्यान खतरामा देखेँ, मानिसहरु हेरिरहेका थिए, म भवनमा चढ्न थालेँ, भगवानको कृपाले गर्दा मैले उसलाई बचाउन सफल भएँ ।’

बच्चा उक्त घरको कौसीबाट झुण्डिएको समयमा अभिभावकहरु घरमा नरहेको स्थानीय संचारमाध्यमले जनाएका छन् । (एजेन्सी)

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework