लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

युट्युब च्यानलमा टक सो लिएर आइन कलाकार मुना कार्की

शनिबार, १९ जेष्ठ, २०७५ मा प्रकाशित,

काठमाडौं, जेठ १९ । चलचित्र निर्देशक कमल एक्चै मगर र कलाकार तथा मोडल मुना कार्कीले सामाजिक सञ्जाल युट्युबमार्फत ‘प्याक सो विथ टु’ नामक एक नयाँ कार्यक्रम लिएर आएका छन् ।

काठमाडौं, जेठ १९ । चलचित्र निर्देशक कमल एक्चै मगर र कलाकार तथा मोडल मुना कार्कीले सामाजिक सञ्जाल युट्युबमार्फत ‘प्याक सो विथ टु’ नामक एक नयाँ कार्यक्रम लिएर आएका छन् ।

पर्फ्र्मिङ आर्ट क्रिएसनको प्रस्तुति रहेको यो कार्यक्रम जेठ १८, शुक्रबारदेखि युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

कलाकार तथा मोडल मुना कार्कीले सञ्चालन गरेको उक्त कार्यक्रमलाई चलचित्र निर्देशक कमल एक्चै मगरले निर्देशन गरेका छन् ।

कार्यक्रमको पहिलो एपिसोडमा युवा चलचित्र निर्देशक दीपक ओली र कलाकार तथा रङ्गकर्मी भोला सापकोटासँगको भलाकुसारी हेर्न सकिने छ ।

युट्युबमार्फत हरेक शुक्रबार साप्ताहिक रुपमा यो कार्यक्रम सार्वजनिक हुने कार्यक्रमका निर्माता कमल रानाले जानकारी दिए ।

पर्फ्र्मिङ आर्ट क्रिएसनको संक्षिप्त नाम ‘प्याक’ र कार्यक्रमको हरेक एपिसोडमा दुई जना अतिथिलाई प्रस्तुत गरिने भएकाले कार्यक्रमको नाम ‘प्याक सो विथ टु’ राखिएको कार्यक्रम प्रस्तोता मुना कार्कीले जानकारी दिइन् ।

पछिल्लो समय नेपालमा युट्युबमार्फत थुप्रै किसिमका कार्यक्रम सार्वजनिक हुने गरे पनि कतिपय कार्यक्रम भने अश्लिल र धेरै दर्शक तान्ने उद्देश्यले मात्रै निर्माण गर्ने गरिएको छ ।

विदेशी युट्युबरहरुले स्तरीय र राम्रा कार्यक्रम निर्माण गर्ने गरे पनि नेपालमा भने युट्युब च्यानलकै लागि भनेर त्यस्ता कार्यक्रम निर्माणको संख्या निकै कम छ ।

‘प्याक सो विथ टु’ ले राम्रो र स्तरीय कार्यक्रम हेर्न चाहने युट्युबका नेपाली दर्शकको चाहना पूरा गर्ने निर्देशक मगरले विश्वास व्यक्त गरे ।

कार्यक्रमको प्रस्तुतिसँगै प्राविधिक पक्ष पनि निक्कै राम्रो रहेको उनको भनाइ छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework