लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

चर्चित हलिउड निर्माता हार्वी वाइनस्टिन धरौटीमा रिहा

शनिबार, १२ जेष्ठ, २०७५ मा प्रकाशित,

काठमाडौं, जेठ १२ । बलात्कार र यौन उत्पीडनको आरोप लागेका हलिउडका चर्चित निर्माता हार्वी वाइनस्टिनलाई अदालतले १० लाख डलर धरौटीमा रिहा गरेको छ ।

काठमाडौं, जेठ १२ । बलात्कार र यौन उत्पीडनको आरोप लागेका हलिउडका चर्चित निर्माता हार्वी वाइनस्टिनलाई अदालतले १० लाख डलर धरौटीमा रिहा गरेको छ ।

६६ वर्षीय उनले न्यूयोर्क प्रहरीमा आत्मसमर्पण गरेलगत्तै प्रहरीले अदालतमा मुद्दा दायर गरेको थियो ।

यद्यपी अदालतले उनलाई १० लाख डलर धरौटीमा रिहा गर्न आदेश दिएको हो । उनीमाथि विभिन्न चर्चित अभिनेत्रीसहित करिब ७० महिलालाई बलात्कार र यौन दुव्र्यवहार गरेको आरोप लागेको छ ।

गत वर्ष यो खुलासा भएलगत्तै हलिउडसहित विश्वभर ‘मी टु’ ह्यासट्यागसहितको अभियान स्वतस्फूर्त चलाइएको थियो ।

यही ह्यासट्याग राखेर कयौं महिलाले सामाजिक सन्जालमा आफूमाथि पनि यौन उत्पीडन भएको खुलासा गरेका थिए ।

हार्वी वाइनस्टिन प्रसिद्ध मिराम्याक्स स्टुडिओका सहसंस्थापकसमेत हुन् ।

अदालतमा अभियोजन पक्षले वाइनस्टिनले युवतीलाई आफ्नो हैसियत र ताकत प्रयोग गरी यौन शोषणका लागि बाध्य पार्ने गरेको आरोप लगाएको छ ।

यद्यपी, उनले यौन शोषण नगरेको बरु सहमतिमै शारीरिक सम्पर्क राखेको बयान दिएका छन् ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework