लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

अभिनय र डान्सबाट चम्किदै बाल कलाकार एन्जल राई(हेर्नुहोस ७ तस्विर)

सोमबार, ७ जेष्ठ, २०७५ मा प्रकाशित,

काठमाडौं, जेठ ७ । साना–ठूला गरी करिब आठ फिल्ममा अभिनय गरिसकेकी बाल कलाकार एन्जल राईको अभिनयले चर्चा पाउन थालेको छ ।

हाल प्रदर्शनमा रहेको चलचित्र ‘हैरान’मा मार्मिक अभिनय गरकी १० बर्षीया एन्जल नायक अनमोल केसी अनुबन्धीत फिल्म ‘क्याप्टेन’मा अनमोलकै बाल्यकालिन साथीको भूमिकामा देखिने भएकी छिन् ।

भुवन केसीले निर्माण गर्ने यस फिल्म छायाकंनको तयारीमा छ ।

angel2

‘जोनी जेन्टलम्यान’मा नायिक आँचल शर्माको इमान्दार विद्यार्थीको भूमिकामा देखिएकी एन्जललाई मार्मिक मात्र होइन कमेडी भूमिकामा पनि रुची रहेको बताउँछिन् । उनी डान्स गर्न पनि उस्तै खप्पीस छिन् ।

फिल्म हैरानका लागि लिइएको अडिसनमार्फत ४५ जना प्रतिस्पर्धीलाई उछिनेर लिड रोलको भूमिकामा देखिएकी एन्जललाई खाते बच्चाको रुपमा हेरेका दर्शकहरुले उनको जीवन्त अभिनय र कौशलतालाई प्रशंसा गरेका छन् ।

आमा अनु डंगोल र बुबा सूर्य राईकी छोरी एन्जल बागबजारको ड्रिमल्याण्ड स्कुलमा कक्षा ५ मा पढछिन । हाल उनी चलचित्र क्याप्टेनको छायाकंनका लागि इलाम, झापा तथा सिक्किम र दार्जिलिङ जाने तयारीमा छिन् ।

angel3

‘आवर गर्ल’, ‘द म्यान फर काठमाडौं’, ‘पुरिएका पुस्तक’ मात्र नभई ‘ड्याडी आइ लभ यू’, ‘यात्रा अ म्यूजिकल भ्लक’मा पनि एन्जलको दमदार अभिनय हेर्न पाइन्छ । अभिनय र डान्सबाट उनले विभिन्न उपाधिहरु पनि जितिसकेकी छिन् ।

फिल्म तथा म्यूजिक भिडियोमा उनले गरेको अभिनयलाई दर्शकले अत्याधिक मन पराइदिए पनि निर्माण पक्ष तथा मिडियाले खासै स्थान नदिएकोप्रति एन्जललाई दुःख लागेको छ ।

angel9

angel5

angel8

angell7

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework