लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

कलाकार नयनको जन्मदिन अनाथ बालबालिका तथा वृद्धवृद्धाहरुसँग

बिहीबार, २७ बैशाख, २०७५ मा प्रकाशित,

काठमाडौं, वैशाख २७ । मोडल तथा कलाकार नयन डिसीले अनाथ बालबालिका तथा असाहय वृद्धवृद्धाहरुलाई भोजन खुवाएर र केक काटेर जन्मदिन मनाएका छन् ।

बूढानीलकन्ठ, डाँडागाउँमा रहेको अनाथ असहाय बालसुधार समाजमा आश्रित ३७ जना बालबालिका तथा मानवसेवा आश्रम सामाखुसीमा आश्रित करिब ४० जना वृद्धवृद्धालाई उनले खाना खुवाएका हुन् । खानाका साथै केक खुवाएर उनले नाचगानसमेत गरे ।

नयनले उक्त आश्रममा पुगेर अरु खाद्यन्न सामाग्री वितरण गरेर सबैसँग नाचगान गर्दै जन्मदिन मनाएका हुन् ।

एरोबिक डान्सका प्रशिक्षकसमेत रहेका नयनले करिब ४५ म्यूजिक भिडियोमा अभिनय गरिसकेका छन् ।

कलाकार, पत्रकार, समाजसेवी तथा शुभेच्छुकहरुका साथ अनाथालय तथा आश्रममा पुगेका नयनले जन्मदिनमा केही नयाँ सन्देश प्रवाह गर्न खोजेको बताए ।

‘हाम्रो सानो सहयोगले अनाथ तगा बेसाहाराहरुको मुहारमा थोरै भएपनि मुस्कान ल्याउने प्रयास गरेको हुँ’–उनले भने ।

भर्खरै म्यूजिक भिडियो निर्देशनमासमेत हात हालेका नयनले जन्मदिनको अवसरमा साथीहरुसँग रमाइलो तथा बिलासितामा खर्च उडाउनुभन्दा अशक्त वृद्धवृद्धा तथा बालबालिकासँग जन्मदिन मनाउँदा आफूलाई छुट्टै खुसी मिलेको अनुभव सुनाए ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework