लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

चलचित्र ‘कुम्भ करण’ अष्ट्रेलिया र नेपालमा एकसाथ

मंगलबार, २५ बैशाख, २०७५ मा प्रकाशित,

काठमाडौं, बैशाख २५ । चलचित्र ‘कुम्भ कारण’को अष्ट्रेलिया रिलिज पक्का भएको छ ।

काठमाडौं, बैशाख २५ । चलचित्र ‘कुम्भ करण’को अष्ट्रेलिया रिलिज पक्का भएको छ ।

आकाश पल इन्टरटेनमेन्टको प्रस्तुती रहेको चलचित्र यही असार ८ गते नेपाल र अस्ट्रेलियामा एकसाथ प्रदर्शनमा आउन लागेको हो ।

आकाश पल इन्टरटेनमेन्ट र अष्ट्रेलियाको ग्लोबल मिडिया रिसर्च सेन्टरको तर्फबाट गणेश मल्ल ठकुरी बीच सम्झौता भएको छ ।

चलचित्र ‘कुम्भ कारण’को अष्ट्रेलियाको कपी राइट्स १२ लाखमा बिक्री गरिएको निर्माण पक्षले जनाएको छ ।

ppp

चलचित्रमा गौरव पहाडी, निशा अधिकारी, भोला सापकोटा, अभय बराल, आकाश पल, प्रमोद अग्र्हारी, कमल गाउँले, सदभाव थापा लगायतको मुख्य भूमिका रहेको छ ।

दीपक ओली निर्देशित चलचित्रलाई बिजय श्रेष्ठ, गिर प्रसाद घर्तीमगर, चित्र बहादुर घर्तीमगर र क्षितिज बस्नेतले मिलेर निर्माण गरेका हुन् ।

चलचित्रका कार्यकारी निर्माता रोम ओली र चुपनिधि रिजाल (अरुण) हुन् भने लाइन निर्माताको रुपमा सरिता गिरी रहेकी छिन् ।

कुम्भ करणको यस अघि नै सार्वजनिक ‘कुटु कुटु यो मुटु खाने भो’ बोलको गीत चर्चामा रहेको छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework