लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

बजेटमा उद्योग प्रवद्र्धन गर्ने कार्यक्रम सम्बोधन हुन सकेन : निजी क्षेत्र

सोमबार, २८ जेष्ठ, २०७५ मा प्रकाशित,

काठमाडौं, जेठ २८ । निजी क्षेत्रले सरकारले ल्याएको आगामी आर्थिक वर्ष ०७५/०७६ को बजेटमा औद्योगिक प्रवद्र्धनका लागि आवश्यक कार्यक्रम सम्बोधन नभएको गुनासो गरेको छ ।

नेपाल उद्योग वाणिज्य महासंघले सोमबार गरेको बजेट छलफलमा सहभागी उद्योगी–व्यवसायीले बजेटमा सम्बोधन हुन नसकेका विषयवस्तुकाबारे अर्थमन्त्री डा. युवराज खतिवडाको ध्यानाकर्षण गराएका थिए ।

उनीहरुले निजी क्षेत्रसम्बन्धी संशोधन गरिनुपर्ने ऐन, कानुनका विषयमा पनि सरकारको ध्यानाकर्षण गराएका थिए ।

अर्थ मन्त्रालयका राजस्वसचिव शिशिर ढुंगानाले बजेटले समग्ररुपमा सबै विषयलाई प्राथमिकता दिएको दावी गर्दै निजी क्षेत्रका समस्या सम्बोधनमा मन्त्रालय लागिपर्ने आश्वासन दिए ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework