लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

६२ लाखको कारोबार गर्दै ‘२१औं फ्लोरा एक्स्पो’ सम्पन्न

सोमबार, ३ बैशाख, २०७५ मा प्रकाशित,

काठमाडौं, वैशाख ३ । पुष्प व्यवसायको व्यावसायिक प्रवद्र्धनका लागि ‘स्वच्छ वातावरण तथा आर्थिक समृद्धिको लागि पुष्प व्यवसाय’ भन्ने नाराका साथ गत चैत ३० गतेदेखि राजधानीमा सुरु भएको ‘२१औं फ्लोरा एक्स्पो’ ६२ लाख रुपैयाँ बराबरको कारोबार गर्दै सम्पन्न भएको छ ।

पुष्प व्यवसायीहरुको छाता संस्था फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा सम्पन्न भएको उक्त एक्स्पो ६० हजारभन्दा बढीले अवलोकन गरेको मेला संयोजक तथा एसोसिएसनका उपाध्यक्ष रामजी तिमिल्सिनाले जानकारी दिए ।

नेपाल सरकार कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको सहयोग तथा पुष्प विकास केन्द्रको सहकार्यमा भएको मेलामा ८२ ओटा स्टल राखिएका थिए ।

फूलको उत्पादन बढेपनि बजारीकरणका लागि प्रदर्शनीस्थल तथा बिक्री केन्द्रको अभाव रहेको पुष्प व्यवसायीहरुले बताएका छन् ।

पुष व्यवसायको विस्तार गरी फूलमा नेपाललाई आत्मनिर्भर बनाउने भन्दै सरकारले अनुदान दिने गरेको भएपनि काठमाडौंभन्दाबाहिरको जग्गा धितो राखेर ऋण लिन नपाएका कारण व्यवसाय विस्तार गर्न नसकेको उनीहरुले गुनासो गरेका छन् ।

गत वर्ष १ अर्ब रुपैयाँभन्दा बढीको पुष्प कारोबार गर्न सफल भएपनि आव २०७३/७४ मा १० करोड बराबरको पुष्प तथा पुष्पजन्य वस्तुको आयात भएकोे संघले जनाएको छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework