लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

धनगढी उपमहानगरपालिकामा सूचना–प्रविधि केन्द्रको स्थापना

सोमबार, १४ जेष्ठ, २०७५ मा प्रकाशित,

बिराज रोस्यारा (इमेज): कैलाली, जेठ १४ । प्रदेश–७ मा रहेको एकमात्र धनगढी उपमहानगरपालिकामा सूचना–प्रविधि केन्द्रको स्थापना गरिएको छ ।

सोमबार सूचना–प्रविधि केन्द्रको शुभारम्भ गर्दै मेयर नृप ओडले सूचना–प्रविधि केन्द्र स्थापना गर्ने धनगढी उपमहानरपालिका मुलुककै चौथो स्थानीय तह बनेकामा खुसी व्यक्त गरे ।

स्थानीय जनतालाई सुसूचित गर्न नगरका हरेक गतिविधिलाई सूचना–प्रविधिसँग जोड्ने उद्देश्यले सूचना प्रविधि केन्द्रको स्थापना गरिएको उपमहानगरपालिकाले जनाएको छ ।

सेसी नेपाल नामक गैरसरकारी संस्थाको आर्थिक सहयोगमा सूचना–प्रविधि केन्द्र स्थापना गरिएको हो ।

मेयर ओडले धनगढी उपमहानगरपालिकाले उपलब्ध गराउने सेवा, सूचनालगायतका अरु सेवाहरु घरबाटै हेर्न पाउने भएकाले यसको भरपुर सदुपयोग गर्न नगरबासीहरुलाई अनुरोध गरे ।

सोही अवसरमा धनगढी उपमहानगरपालिकाले ‘हाम्रो धनगढी’ नामक मोबाइल एपकोसमेत सोमबारैदेखि शुभारम्भ गरेको छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework