लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

नगरप्रमुख श्रेष्ठलाई आक्रमण गर्ने कारागार चलान

सोमबार, २८ जेष्ठ, २०७५ मा प्रकाशित,

भक्तपुर, जेठ २८ । मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठलाई आक्रमण गर्ने दुई अभियुक्तलाई सोमबार भक्तपुर जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको छ ।

गत वैशाख ८ गते मध्यपुरथिमि गठ्ठाघरस्थित आफ्नै निवासमा आक्रमणमा परेका श्रेष्ठलाई आक्रमण गरी घाइते बनाउने कुशल बोगटी र सविन लामालाई जिल्ला अदालतका न्यायाधीश भोजराज शर्माकोे इजलासले थुनामा राख्न आदेश दिएपछि दुवैलाई डिल्लीबजार कारागार चलान गरिएको अदालतका इजलास अधिकृत कमल महतले जानकारी दिए ।

कालिकोट, रुप्सा–५ घर भइ भक्तपुरको सल्लाघारी बस्ने ३५ वर्षीय बोगटी नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका भक्तपुर जिल्ला सेक्रेटरी र रामेछाप, दोरम्बा गाउँपालिका–२, मानेडाँडा घर भइ सानोठिमी बस्ने लामा सोही पार्टीका जिल्ला सदस्य हुन् ।

आक्रमणपछि फरार रहेका मुख्य योजनाकार एवं आक्रमणकारी बोगटीलाई प्रहरीले यही जेठ १ गते पक्राउ गरेको र आक्रमणमा संलग्न अन्य व्यक्तिको खोजी गरिरहेको महानगरीय प्रहरी वृत्त थिमिका प्रमुख प्रज्ज्वलमान महर्जनले जानकारी दिए ।

प्रहरीले अभियुक्त दुवैलाई ज्यान मार्ने उद्योगअन्तर्गत् मुद्दा चलाएको छ । रासस

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework