लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

प्रहरीको गोली लागेर ‘गुन्डा’ अशोक लामा घाइते

सोमबार, २८ जेष्ठ, २०७५ मा प्रकाशित,

काठमाडौं, जेठ २८ । प्रहरीको सर्वाधिक खोजीको सूचीमा रहेका गुन्डा आरोपित अशोक लामामाथि प्रहरीले सोमबार गोली प्रहार गरेको छ ।

ललितपुरको युएनपार्कनजिकै भएको जवाफी ‘फायरिङ’मा प्रहरीको गोली लागेर लामा घाइते भएका जनाइएको छ ।

एक गोली लागेका लामाको अहिले वीर अस्पतालमा उपचार भइरहेको छ ।

उनलाई पक्राउ गर्न अपराध महाशाखाको टोली त्यहाँ पुगेकामा लामाले प्रहरीमाथि आक्रमण गर्न खोजेपछि जवाफी फायर गरिएको एसएसपी धिरजप्रताप सिंहले जानकारी दिए ।

घटनास्थलबाट प्रहरीले एकथान पेस्तोल र दुई राउन्ड गोली बरामद गरेको छ ।

लामामाथि यसअघि दुईपटक ज्यान मार्ने उद्योग र अरु सार्वजनिक अपराधमा पनि मुद्दा चलेको थियो ।

उनी व्यवसायीसँग चन्दा आतंक गर्ने, धम्क्याउनेलगायत कार्यमा संलग्न रहेको प्रहरीको भनाइ छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework