लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

चिनियाँ सुरक्षाकर्मीका लागि विशेष चश्मा, यस्तो छ चश्माको विशेषता

बिहीबार, २५ माघ, २०७४ मा प्रकाशित,

बेइजिङ, माघ २५ । चीनमा सुरक्षाकर्मीका लागि विशेष चश्मा प्रयोगमा ल्याइएको छ । अपराधी पहिचानका लागि यो चश्मा प्रभावकारी हुने विश्वास गरिएको छ ।

चीनले आफ्नो नयाँ वर्षका लागि सुरक्षाको ‘हाइटेक’ व्यवस्था गरेको हो । अपराधीमाथि नजर राख्न विशेष प्रविधियुक्त चश्मा प्रयोगमा ल्याइएको छ, जसले सजिलैसँग मुहार पहिचान गर्न सक्छ ।

नयाँ वर्षका अवसरमा ठूलो संख्यामा चिनियाँहरु रेल तथा अन्य सार्वजनिक यातायातमार्फत घुम्न जाने भएकाले उनीहरुमाथि निगरानी गर्न र भीडमा संदिग्धलाई पहिचान गर्न यस प्रकारको चश्मासहित सुरक्षाकर्मीलाई भीडभाड हुने क्षेत्रमा तैनाथ गरिने चिनियाँ अधिकारीहरुको भनाइ छ ।

हेनान प्रान्तको झेंगझुस्थित रेलवे स्टेशनमा सीसीटीभी क्यामेरासहितको चश्मा लगाएका सुरक्षाकर्मी तैनाथ गरिएको छ । चश्मामार्फत प्रहरीको डाटामा उपलब्ध जानकारीका आधारमा सुरक्षाकर्मीले यात्रीको पहिचान गर्नेछन् ।

यो प्रविधि प्रयोगमा ल्याइसकेपछि मानव तस्करी र ‘हिट एन्ड रन’ सँग सम्बन्धित सात आरोपीलाई पक्राउ गरिएको स्थानीय प्रहरीले जनाएको छ ।

हेनानका सार्वजनिक सुरक्षा विभागका अधिकारी झांग जियावोलीका अनुसार यो चश्मा गुगलको चश्माजस्तै छ । प्रहरीको डाटावेससँग जोडिएको यो चश्माले संदिग्ध व्यक्तिको मुहारलाई परीक्षणका लागि प्रहरी डाटावेसमा पठाउँछ । (एजेन्सी)

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework