लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

सरकारको निर्णयः रामबहादुर बम्जनले ‘तपस्या’ गरेको ठाउँ अब धार्मिक वन

शुक्रबार, २६ माघ, २०७४ मा प्रकाशित,

काठमाडौं, माघ २६ । राष्ट्रियसभामा सरकारको सिफारिसमा नियुक्त गरिने तीनजना व्यक्तिहरुको नाम चयन गर्ने जिम्मा प्रधानमन्त्री शेरबहादुर देउवालाई दिइएको छ ।

शुक्रबार अपराह्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको हो ।

प्रधानमन्त्रीले शनिबार (भोलि)सम्ममा तीनजनाको नाम टुंगो लगाउने दाबी गरिएको छ ।

यसअघि, झापाका गोपाल बस्नेत, स्याङ्जाका कृष्णप्रसाद पौडेल र काठमाडौंकी चादनी जोशीको नाम राष्ट्रियसभामा सिफारिस हुन लागेको चर्चा चलेकोमा सरकारका प्रवक्ता एवं सूचना तथा सन्चारमन्त्री मोहनबहादुर बस्नेतले कुनैपनि व्यक्तिको नामबारे शुक्रबारको बैठकमा छलफल नभएको बताए ।

यस्तै, मन्त्रिपरिषदको शुक्रबारको बैठकले राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई नेपाली सेनाको मानार्थ सहायक रथीको दर्जा प्रदान गर्ने, ‘तपस्वी’ रामबहादुर बम्जनले ‘तपस्या’ गरेको बाराको ठाउँलाई धार्मिक वनकोरुपमा विकास गर्नेलगायतका निर्णयहरुसमेत गरेको छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework