लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

फेवाताल जस्तै देखिने दहताल प्रचारप्रसारको अभाव हुँदा ओझेलमा

मंगलबार, २९ जेष्ठ, २०७५ मा प्रकाशित,

म्याग्दी, जेठ २९ । म्याग्दीको मंगला गाउँपालिका वडा नं ४ बरङ्जाको दहताल प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ ।

म्याग्दी, जेठ २९ । म्याग्दीको मंगला गाउँपालिका वडा नं ४ बरङ्जाको दहताल प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ ।

पोखराको फेवाताल जस्तै बनोट रहेको यो दहताल परिसरमा भौतिक पूर्वाधार निर्माण गरी प्रचार–प्रसार गर्न सके पर्यटक प्रवद्र्धनमा सहयोग पुग्ने स्थानीय बताउँछन् ।

वरिपरि छरिएर रहेको बस्ती, तालको छेवैबाट पर्यटकीय स्थल झाँक्रीपानीसम्म पुग्ने मोटरबाटो, हरियाली र मनमोहक प्रकृति, तालको पूर्वपट्टि रहेको शिव मन्दिर र तालको विचमा रहेको विशाल रुखसँगैको बराहा थान यहाँका मुख्य आकर्षण हुन् ।

यो ताल म्याग्दीको फेवातालको उपनामले समेत चिनिन्छ । धार्मिक महत्वसमेत रहेको यो ताल करिव ३ सय वर्गमिटर क्षेत्रमा फैलिएको छ ।

तालको बीचमा रहेको बराह बन्दिरको दर्शन गरे मनोकांक्षा पूरा हुने जनविश्वास रहेको स्थानीय हिमलाल सापकोटाले जानकारी दिए ।

प्रत्येक वर्षको बालाचतुर्दशीका दिन यो तालमा भक्तजनको भीड लाग्ने गरेको छ । तालको संरक्षण गरी प्रचार गर्न गर्न स्थानीयले माग गरेका छन् ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework