लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

मन्त्रीले गरे डेरी उद्योगको निरीक्षण, पाउडर गोदाममा शिल गरियो

सोमबार, २८ जेष्ठ, २०७५ मा प्रकाशित,

काठमाडौं, जेठ २८ । कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनालले नागरिकको स्वास्थ्यमा खेलबाड गर्ने कुनैपनि डेरी उद्योगलाई सरकारले नछाड्ने चेतावनी दिएका छन् ।

सोमबार काठमाडौंको बालाजु औद्योगिक क्षेत्रभित्र रहेको आधुनिक डेरी प्रोडक्ट उत्पादन केन्द्र र डिडिसी उत्पादन केन्द्रमा निरीक्षण गर्दै मन्त्री खनालले केही डेरी उद्योगले जनस्वास्थ्यमाथि खेलबाड गरेको बताए ।

डेरी उद्योगको निरीक्षणकाक्रममा उद्योगभित्र फोहोरमैला र प्रदूषण भेटिएको, डेरीमा प्रयोग गरिने मेसिन फोहोरमुक्त नभएको र डेरी सन्चालन गर्दा कामदारले पालना गर्नुपर्ने कुनै नियम पालना नगरेको फेलापरेको छ ।

मन्त्री खनालले बालाजु औद्योगिक क्षेत्रभित्र रहेका डिडिसी, आधुनिक डेरी प्रोडक्ट प्रालि, काठमाडौं दुग्ध वितरण आयोजना कार्यालयको निरीक्षण गरेका हुन् ।

आधुनिक डेरी प्रोडक्टले सरसफाइमा ध्यान नदिएको, दूध बनाउन मिति उल्लेख नभएको पाउडर प्रयोग गरेको भेटिएको थियो ।

त्यसैगरी, दुग्ध पदार्थको उत्पादनमा असल उत्पादन प्रणाली प्रयोग गर्नुपर्ने भएपनि आधुनिक डेरी प्रोडक्टले त्यसो नगरेको भेटिएको मन्त्री खनालले बताए ।

दूध बनाउन प्रयोग हुने पाउडरमा स्पस्टरुपमा मिति उल्लेख नभएको भेटिएपछि अनुगमन टोलीले पाउडर गोदाममा शिल गरेको छ ।

मन्त्री खनालले नियमविपरीत सन्चालनमा आएका उद्योगलाई तुरुन्तै कारबाही गर्ने बताए ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework