लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

मुख्यमन्त्रीद्वारा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन

सोमबार, ३ बैशाख, २०७५ मा प्रकाशित,

भैरहवा, बैशाख ३ । पाँच नम्बर प्रदेशका मूख्यमन्त्री शंकर पोखरेलले राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन र निरीक्षण गरेका छन् ।

भैरहवा, बैशाख ३ । पाँच नम्बर प्रदेशका मूख्यमन्त्री शंकर पोखरेलले राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन र निरीक्षण गरेका छन् ।

विमानस्थल एक बर्षभित्रै सम्पन्न गर्ने गरी काम गर्न उनले निर्देशन पनि दिए । श्रोत, साधन र जनशक्ति थपेर भएपनि एक वर्षभित्र काम सकाउन उनको निर्देशन छ ।

मूख्यमन्त्री पोखरेलसहितको टोलीले विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल भवन, कन्ट्रोल टावर, रन वे, प्रशासनिक भवन, विमान सेफ्टी एरियालगायत स्थानको स्थलगत निरीक्षण गरेको हो ।

सन् २०१९ को मध्यतिर सक्ने गरी विमानस्थलको काम भइरहेको छ । आयोजनाले सन् २०१९ साललाई अपरेशन वर्षको रुपमा लिएको छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework